लोक दोहोरी गायक घनश्याम रिजालले सामाजिक यथार्थपरक गीत ‘घर सुन्ने भो’ लिएर दर्शकसामु आएका छन् । पछिल्लो समय गाउँघरमा घट्न थालेको घटनालाई गीतमा यथार्थ रुपमा चित्रण गर्न खोजिएको छ ।
पछिल्लो समय गाउँघरमा छोरो धन कमाउन विदेश पसेपछि बुहारी शहर पस्ने गरेका घटनाहरु प्रशस्तै देखिन्छन् । शहर पसेपछि श्रीमान् छोरा छोरी छोडेर अर्कैसँग गएका घटनाहरु पनि व्यापक सुनिन्छन् ।
गीत सामाजिक यथार्थपरक रहेको हुँदा धेरैले मन पराउने गायक रिजालले विश्वास व्यक्त गरेका छन् । लोक दोहोरी प्रतिष्ठान पश्चिमाञ्चलका सचिव समेत रहेका उनले शान्ती म्यूजिक कम्पनीबाट गीत बजारमा ल्याएका हुन् ।
गीतमा शब्द गायक रिजालका हुन् भने लय राजन कार्कीको छ । गीतमा मधु चापागाँईं र रिजालले स्वर भरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4