Comments Add Comment

बेश्याबृत्तिको अभियोगमा चर्चित नायिका पक्राउ

swetha-basu-prasadभारतीय चर्चित सिने अभिनेतृ श्वेता बसु बेश्याबृत्तिको अभियोगमा पक्राउ परेकी छिन् ।
गत आइतवार हैदराबाद प्रहरीले एक होटलमा छापा मार्दा श्वेता केही ‘हाइप्रोफाइल’ बिजनेसम्यानसँग आपत्तिजनक अबस्थामा फेला परेको इन्डिया टुडेले जनाएको छ ।
२३ बषिर्या श्वेताले हाइप्रोफाइल बेश्याबृत्ति संजाल चलाइरहेको आशंकामा प्रहरीले छापा मारेको थियो । उनको साथबाट मुम्बईका केही घरानियाँ ब्यापारी पनि पक्राउ परेका छन् । तर प्रहरीले उनीहरुको नाम खुलाएको छैन् ।
श्वेताले आफुसँग पैसा नभएपछि बेश्याबृत्तिमा लाग्नुपरेको बताएकी छिन् । पक्राउ परेपछि बिज्ञप्ति जारी गर्दै उनले भनिन्- मैले मेरो करियरमा निकै गलत निर्णय गरेँ । मसँगै पैसाको निकै अभाव भयो, परिवारलाई सहयोग गर्नुपर्ने थियो । सवै ढोकाहरु बन्द भए र केही मानिसहरुले मलाई बेश्याबृत्तिमा लागेर पैसा कमाउन हौसाए ।’
एनले आफुसँग कुनै पनि बिकल्प बाँकी नरहेपछि र असहाय भएपछि अन्तिम बिकल्पका रुपमा बेश्याबृत्ति छनौट गरेको बताइन् । उनले यो पनि दावी गरेकी छिन की यस्तो धन्दामा लाग्ने उनी एक्लो हिरोइन हैनन्, अन्य धेरै नायिका यही हालतबाट गुजि्रएका छन् ।
श्वेता बेश्याबृत्तिको धन्दामा लागेको भन्दै स्थानीय टेलिभिजनले केही समयअघि स्टिङ अपरेशनमार्फत् खुलासा पनि गरेको थियो ।
को हुन श्वेता ? 

सन् २००२ मा विशाल भारद्धाजको ‘मग्दी’ सिनेमामा बालकलाकारको रुपमा काम गरेर उनले ‘राष्ट्रिय अवार्ड’ जितेकी थिइन् । उनी थुप्रै हिन्दी सिनेमा तथा सिरियलमा देखिएकी थिइन् । उनले एकता कपुरको ‘कहानी घर घर की’ जस्तो चर्चित सिरियलमा समेत अभिनय गरेकी छिन् ।

यसपश्चात उनी हैदरवादमा तेलुगु सिनेमा खेल्नका लागि प्रस्थान गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment