Comments Add Comment

अटो मेलामा दर्शकको भिड, नयाँ मोडलमा देखियो चासो

Nada Auto Show (8)
१९ भदौ, काठमाडौं । राजधानीको भृकुटीमण्डमा जारी नाडा अटो शोमा गाडीका पारखीहरुको भिड लागेको छ । संगीतमय बनाइएको मेलामा दर्शकहरु कार तथा मोटरसाइकलको बारेमा जानकारी लिन व्यस्त देखिन्थे ।

मेलामा खासगरी नयाँ मोडलका कार तथा मोटरसाइकलमा दर्शकको भिड लागेको थियो । विश्वभर प्रख्याती कमाएका ब्रान्डहरुको सहभागीता रहेको मेलामा आधा दर्जन गाडी कम्पनी र ४ वटा मोटरसाइकल कम्पनीले नयाँ मोडल प्रर्दशनीमा राखेका छन् ।

मेलास्थलको प्रवेशद्धारमा रहेको सुजुकीको स्टलमा ग्राहकहरुको भिड देखिन्थ्यो । सुजुकीले मेलामा अटो र म्यानुअल गियर भएको सेलेरियो कार प्रर्दशनीमा राखेको छ । उक्त कार कम्पनीले मेलास्थलमै सार्वजनिक गरेको थियो ।

सेलेरियो कारका बारेमा जानकारी लिने र बुकिङ गर्न खोज्नेहरुको बाक्लो भिड लागेको सीजी मोटोकोर्पका प्रबन्ध निर्देशक करण चौधरीले बताए । २३ लाख ९५ हजार रुपैयाँ पर्ने सेलेरियो गाडी इन्ट्री लेवलका कारहरुमा सबैभन्दा उत्कृष्ट रहेको उनको दाबी थियो ।

टाटाले मेलामा कन्सेप्ट भेहिकल टाटा स्ट्रोम लदाक गाडी प्रर्दशनीमा राखेको छ । आकर्षक डिजाइनमा रहेको उक्त गाडी हेर्ने मात्र नभई छोएर अनुभव लिने दर्शक मसेत निकै देखिन्थे । गाडी कहिले नेपाल आउँछ भनेर जिज्ञासा राख्नेहरु धेरै रहेको सिप्रदी ट्रेडिङका कर्मचारीले बताए ।

Nada Auto Show (7)

मेलामा नयाँ ब्रान्डले प्रवेश गरेको छ । जापानीज ब्रान्ड डाटसन पनि मेलामा आकर्षणको केन्द्र बनेको छ । आकर्षक डिजाइनमा रहेको डाटसन २० लाख रुपैयाँको हाराहारीमा पर्ने बताइएको छ ।

मेलामा स्कुले विद्यार्थीको समेत भिड लागेको थियो । मेलामा सार्वजनिक गरिएका यामाहाको एफजेडएस, आर ६, आर १५, होन्डाको सिबिआर १५० आर, एक्टीभा १२५, सुजुकीको जिक्सरमा विद्यार्थीको भिड देखिन्थ्यो । जिक्सर चढेर अनुभव लिन खोज्नेहरुको लाइन देखिन्थ्यो ।

माथिका सबै मोडलहरु अपग्रेडेड भर्सन हुन् । थप सुविधासहित आकर्षक डिजाइनमा आएका यी मोटरसाइकलले यूवाहरुको ध्यान तानेका थिए । मध्यमवर्गीय परिवारको संख्या बढी भएको नेपालमा गाडी भन्दा मोटरसाइकल उत्तम साधन मानिन्छ ।

त्यसो त गाडी भन्दा महंगा मोटरसाइकलका बारेमा जानकारी लिने यूवाहरुको पनि कमी थिएन । मेलामा डुकाटी, यामाहा, होन्डा, रोयल इन्पिmल्ड लगायतका महंगा हेभी बाइक प्रर्दशनीमा राखिएको छ ।

Nada Auto Show (9)

टोयोटाको स्टलमा पनि दिनभर भिडभाड देखियो । टोयोटाले मेलामा इटिओस क्रस सार्वजनिक गरेको थियो । टोयोटाका सस्ता गाडीहरुमा सबैभन्दा आकर्षक डिजाइन रहेको इटिओस क्रस बुकिङ गर्न खोज्नेहरु पनि धेरै आएको स्टलकर्ताले बताए । हृयाचव्याक सेगमेन्टको इटिओस क्रसको ४१ लाख ४५ हजार रुपैयाँ रहेको छ ।

फेमिलि कारको रुपमा होन्डाले भित्राएको सेभेन सिटर मोबिलियोमा पनि दर्शकको भिड देखियो । त्यस्तै, हुन्डाई, फियट, निशान, किया, बजाज, केटीएम डुक लगायतका स्टलहरु पनि दर्शकले भरिए ।

साँझ ठूलो पानी परेपनि दर्शकको उपस्थिती घटेको थिएन । झरिमा रुझ्दै गाडी हेर्न आउनेहरु उत्तिकै देखिन्थे । पार्किङ स्थल भरिए पछि सवारी व्यवस्थापन गर्न हम्मे हम्मे परेको देखिन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment