Comments Add Comment

बेल्जियममा नेपाली बालबालिकाको ‘ट्यालेन्ट शो’ हुँदै

डिल्लीराम अंमाई

बेल्जियममा आइतवार नेपाली बालबालिकाहरुको ‘ट्यालेन्ट शो’ कार्यक्रम आयोजना गरिने भएको छ । नेपाली ल्याङ्ग्वेज एण्ड क्रियटिभ क्लासिज एफभीको आयोजनामा नेपाली बालबालिकाहरुको क्षमता प्रदर्शनी गरिने भएको हो ।

आइतबर दिउँसो ४ बजेबाट शुरु गरिने कार्यक्रममा फोटो प्रदर्शनी तथा नेपालका दूर्लभ वाध्यवादन समेत प्रस्तुत गरिने आयोजक संस्थाकी सोफिया महर्जन कार्कीले बताएकी छन् ।

‘ट्यालेन्ट शो’ मा ६० जना बालबालिकाहरुले भाग लिने भएका छन् । कार्यक्रममा भाग लिने बालबालिकाहरुले १० दिनको पूर्ण अभ्यास समेत गरेका थिए । बेल्जियमको आन्तोर्पेनको फ्रान्सा मेसिङ्स्ट्रिट–३६,२१०० को कल्चर सेन्ट्रमको हलमा कार्यक्रम आयोजना गरिनेछ ।

कार्यक्रमले नेपाली बालबालिकाहरुको क्षमता विकासमा सकारात्मक प्रभाव पार्ने आयोजकको दावी छ । एनएलसीसीले यसअघि सन् २००८ पहिलो र २०११ मा दोस्रो नेपाली बच्चाहरुको ‘ट्यालेन्ट शो’ आयोजना गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment