Comments Add Comment

दशैँअघि नेप्से ८८० सम्म र्झन सक्छ : रविन्द्र भट्टराईको विश्लेषण

Stock-Market२२ भदौ, काठमाण्डौ । सामान्यतयाः यो सेयर बढ्ने समय हो । तर, केही सातायता बजार घटिरहेको छ ।  बजार करेक्सन हुँदा लगानीकर्ताहरु डराएकाले नेप्से घटेको हो ।
अघिल्लो साताको अन्तिम दुई दिन बढेर केही उत्साह ल्याएको नेप्सेले गत साताभर घटेर लगानीकर्तालाई निरुत्साहित बनाएको छ ।  भएको नाफा सुरक्षित गर्ने र ऋण लिएर लगानी गर्ने लगानीकर्तालाई अहिलेको गिरावटले त्रास सिर्जना गरेको छ ।
rabindra-bhattaraiऋण काढेर सेयर बजारमा लगानी गर्नेहरुको आकार र संख्या दुबै ठूलो छ । बजारमा नयाँ लगानीकर्ता प्रवेश गरेर कारोबारको आकार बढ्ने अवस्था छैन् । तर, भएका लगनीकर्ता जो ऋणसँग परिचित छन, उनीहरुको लगानी बढी छ । उनीहरु पनि डराएका छन् । त्यसैले सेयर किन्नेहरुभन्दा बेच्नेहरु हावी भए । त्यसकै कारण नेप्से घट्यो ।
७५४ अंकदेखि बजार लगातार बढेर १०८३ अंकसम्म पुग्यो । लगातार तीनसय अंकभन्दा बढीले बढ्दा लगानीकर्तालाई बजार कहिल्यै नघट्ने रहेछ भन्ने परेको थियो । अहिलेको गिरावटले बजार लगातार बढ्दैन, घट्छ पनि भन्ने सन्देश दिएको छ ।
तीन सय अंकले बढेको नेप्से डेढ सय अंकले अर्थात वृद्धिको ५० प्रतिशत घटेको छ । नेप्सेको अहिलेको ट्रेन्डलाई हेर्दा दशैँअघि नै बजार ६१ प्रतिशतसम्मको करेक्सन हुने देखिन्छ । ६१ प्रतिशतको करेक्सन हुँदा नेप्से ८८० अंकसम्म र्झछ ।
यद्यपि यो बीचमा राजनीतिक स्तरमा केही सहमति बन्यो भने बजारमा आत्मविश्वास बढ्छ । र, नेप्से केही अंकले बढ्ने अवस्था पनि छ ।
अहिले बजारमा विश्वास घट्नुको ठोस कारण त छैन । तर, बजार ओरालो गतिमा हिँडेको बेला लगानीकर्ताहरुको आत्मविश्वास गिर्छ । यस्तो अवस्थामा लगानीकर्ताहरुले कम्पनीको नाफा हेर्दैनन्, उनीहरु कसरी हुन्छ आफू सुरक्षित हुन मात्रै खोज्छन् । नयाँ लगानीकर्ता भने बजार घट्नासाथ डराउँछ र बजार बढ्नासाथ उत्साहित हुन्छ । किनभने उसलाई बजारको व्यवहार थाहा हुँदैन ।
सेयर बजारमा सँधै सकरात्मक र नकरात्मक हल्लाहरु चलिरहेका हुन्छन् । तर, बिक्नसक्ने हल्लाले मात्रै बजारमा प्रभाव पार्छ । यस बीचमा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको लगानीका सम्बन्धमा निर्देशन ल्यायो । उक्त निर्देशनलाई खेलाडीहरुले आफ्नो स्वार्थ अनुकुल विश्लेषण गरेर हल्ला फिँजाए । त्यो हल्लाले पनि बजार घट्न मद्दत गर्‍यो ।
अहिले बैंकहरुले लाभांसको घोषणा गरिरहेका छन् । बैंकहरुले लाभांसको घोषणा गर्दा सामान्यतया सेयर बजार बढ्नुपर्ने हो । तर, त्यसअघि नै नेप्से उल्लेख्य अंकले बढेकाले लाभांस घोषणासम्म आइपुग्दा घट्न थालेको हो ।
२०६५ भदौ १५ गते हालसम्मकै उच्च ११७५ अंकमा पुगेको नेप्से लगातार घटेर २९२ अंकसम्म झर्‍यो । अहिले पनि १०८३ अंक पुगेर बजार तल र्झन थालेको छ । कतै २०६५ पछिको जस्तै लगातार घट्ने त होइन भन्ने त्रास लगानीकर्तामा छ । अगुल्टाले हानेको कुकुर विजुली चम्किँदा तर्सिन्नु स्वभाविक हो । अब बजार बढेर फेरि १०८३ पुग्यो भने लगानीकर्ता फेरि एकपटक झस्किन्छन । किनभने त्यो विन्दुबाट नेप्से घटेको थियो ।
२०७१ असार मसान्तमा कतिपय वाणिज्य बैंकरुको मूल्य आम्दानी अनुपात २० भन्दा तल झरेको छ ।  सामान्यतया १५ देखि १७ सम्म मूल्य आम्दानी अनुपात हुनुलाई सही मानिन्छ । तर, सही मूल्यांकन हुनुपर्छ । नेपालमा सही मूल्यांकन भएको कम्पनी पाउन कठिन छ ।
तर, हामीले बुझ्नु पर्ने कुरा के हो भने अहिलेको अवस्था पहिलेको जस्तो छैन, त्यसैले लगानीकर्ता डराउनु पर्दैन । बैकिङ क्षेत्रसँग अधिक तरलता रहेको छ र बजारमा अत्यन्तै न्यून व्याजदर रहनु भनेको सेयर बजारमा लगानी बढ्ने आधार हो । व्याजदर कम भएका कारण बजारमा स्पेकुलेसन -सट्टेबाजी) बढ्छ । बढ्दा हृवात्तै बढ्ने र घट्दा हृवात्तै घट्ने हुन्छ ।
दशैँअघिसम्म बजार बढ्ने संभावना कम देखिन्छ । बजारलाई चलायमान गर्न सक्नेेगरी सेयर आउने भनेको स्टान्डर्ड चाटर्डको हो । उसको ५० प्रतिशको हाराहारीमा लाभांस दिने हैसियत छ । तर, उसले बोनस सेयर बढी दियो भने बजारमा उत्साह बढ्छ । नगद लाभांस दियो भने बजार निरुत्साहित हुन्छ । बजार घटिरहेको अवस्थामा एभरेष्ट बैंकको लाभांस घोषणाले बजारलाई केही निरुत्साहित बनाएको छ । लगानीकर्ताले एभरेष्ट बैंकबाट बढी बोनस सेयरको अपेक्षा गरेका थिए । किनभने उसले राष्ट्र बैंकले तोकेको न्यूनतम -२ अर्ब) चुक्ता पुँजी पुर्‍याउनु पर्ने बाध्यता थियो । तर, बैंकले १२ प्रतिशत बोनस सेयर दिएर चुक्ता पुँजी २ अर्ब १ करोड रुपैयाँ मात्रै पुर्‍याएको छ । बैंकले ५० प्रतिशत नगद लाभांसको घोषणा गरेको छ ।
सेयर बजारमा प्रभाव पार्ने वाणिज्य बैंकहरु हुन् । २०७१ असार मसान्तमा अघिल्लो वर्षकोभन्दा नाफा बढेको देखिए पनि १७ वटा बैंकको मात्रै यथार्थ नाफा बढेको छ । १३ वटा बैंकको प्रतिसेयर आम्दानी अघिल्लो वर्षको भन्दा घटेको छ । तैपनि पछिल्लो समयमा बैंकहरुको भन्दा बीमा र जलविद्युतको सेयर घटिरहेको छ । यसलेे समग्र नेप्से परिसूचकलाई असर पारेको छ ।

अहिले बजार थोरै अंकले बढ्ने र धेरै अंकले घट्ने प्रवृत्ति देखिएको छ । यो तत्काल बजार नबढ्ने संकेत हो ।
-सेयर विश्लेषक भट्टराईसँग गरिएको कुराकानीमा आधारित )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment