+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
14/0 (2.3)
VS
विराटनगर किंग्स 2025
0/0
Shares

जाबेदको धर्म सोधिएन ! तारादेवीको जात सोधिएन !

आजसम्म कसैले सोधेन नारायणगोपालको धर्म के हो । कसैलाई वास्तै भएन कोइलीदेवी, तारा देवी, नातिकाजी, बच्चुकैलाशको जात के हो ? गोपाल योन्जन, अरुणा लामा अनि रञ्जित गजमेर नेपाल वारिका थिए कि पारिका ? यसले स्रोतामा कुनै महत्व राखेन।

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ २६ गते १२:२६

वासुदेव मरहट्टा, अष्ट्रेलिया

आजसम्म कसैले सोधेन नारायणगोपालको धर्म के हो । कसैलाई वास्तै भएन कोइलीदेवी, तारा देवी, नातिकाजी, बच्चुकैलाशको जात के हो ? गोपाल योन्जन, अरुणा लामा अनि रञ्जित गजमेर नेपाल वारिका थिए कि पारिका ? यसले स्रोतामा कुनै महत्व राखेन।

basudevअहिले हामी जुन राष्ट्रिय गान गाउँदैछौं, यसका संगीतकार अम्बर गुरुङ  बुद्ध धर्म मान्छन् । दार्जिलिङमा जन्मिएका  यी महान संगीतकारले  टर्नबुल हाइस्कुलमा पड्दा बाइबल गाए।

” म त लाली गुरास भएँछु” जस्तो अजम्बरी गीतमा संगीत दिने दिव्य खालिङ क्रिस्चियन थिए । यो कुरा कसैका लागि सरोकार भएन ।

 कुन धर्म अपनाउने भन्नेकुरा जसरी व्यक्तिको नैसर्गिक अधिकार हो, त्यसैगरी म यो गीत गाउँदिन भन्नु पनि व्यक्तिको निजी विषय हो। स्वरसम्राट नारायणगोपालले पनि आफुलाई मन नपरेको गीत कतिपटक गीतकारकै अगाडि च्यातिदिएको घटना सुनाएका थिए बरिस्ठ गीतकार कालीप्रसाद रिजालले।

कलाले त मान्छेलाई जोड्ने हो, तोड्न हुँदैन । भारत मा हिन्दू – मुस्लिम आन्दोलन भड्किएकै बेला सन १९५३ भारतीय संगीतका महान संगीतकार मोहम्मद रफिले ” मन टडप्त हरी दर्शनको आज” गाएका छन्। बिजुवारा फिल्मका लागि उनले गाएको यो हिन्दू भक्ति संगीतको रचना साकिलले गरेका हुन् भने नौसद ले यसमा संगीत दिएका छन् र यी तीनैजना मुश्लिम हुन्।

फेरि यी तीनैजनाले सन् १९६० मा फिल्म “कोहिनुर” का लागि “मधुवन मे राधिका नाचे रे” भन्ने हिन्दू भक्ति संगीत तयार पारे, जसमा अर्का मुश्लिम धर्मका अनुयायी मोहम्मद युसुफ खान अर्थात सुपरस्टार दिलिपकुमारले अभिनय गरेका छन्।

भनिन्छ, यो गीत कम्पोज गर्दा संगीतकार नौसद ले सबै वाद्यवादकलाई पहिरनमा ध्यान दिन भनेका थिए रे। भजन रेकर्ड हुँदा निर्माताले स्टुडियोमा प्रसाद र मिठाइ बाँढ्दा कृष्ण कृष्ण गुन्जिएको थियो। रफीले अरु कैयन हिन्दू भक्ति संगीतमा स्वर दिएका छन्। ६० को दशकमा पनि त्यस्को बिरोध भएन।

जाबेद अख्तरले कैयन भजन रचना गरेका छन् । अस्कर बिजेता ए आर रहेमानले शिव र दुर्गा मन्त्रमा संगीत दिएका छन्। लताले मुश्लिम प्रार्थना गानदेखि कत्ती कवाली गाएकी छिन्। यसले उनीहरूको प्रसिद्धी घटाएन, बरु बढायो।

शारुख खानले मन्दिरको घण्ट बजाउँदै शीर झुकाएर भगवान सामु प्रार्थना गरेको अनि भजनमा अभिनय गरेको दृश्य कति फिल्ममा होलान् ? के यसले उनको करियर समाप्त गर्‍यो ?

यस्ता अनगिन्ति उदाहरण छन् कलाकार सबैका साझा बनेको, सम्प्रदायलाई जोडेको, समाजको हार्दिकता र सहिष्णुता कायम राख्न सहयोगी भूमिका खेलेको।

 एउटा सामान्य नागरिकले धर्मबारे जथाभावी टिप्पणी गर्दा त ठूलो विवाद हुन्छ भने लोकले मानेका कलाकार व्यक्तिगत जीवनमा जे हुन्, उनको कुरा हो । तर, सार्वजनिक जीवनमै धर्मभिरु बनेर हिँड्न सुहाउँछ ? गीत गाउन्, नगाउन्, धर्म जे मानुन् । तर, अर्काको गीत नै बिगारेर क्रिस्चियनकरण गर्न हुन्छ ?

मैले केही दिन अघि इदको अवसरमा ” इद मुवारक ” भनेर मेरा मुश्लिम मित्रहरुलाई शुभकामना दिएँ, मलाई थाहा भएदेखि क्रिश्मसको शुभकामना दिन कहिल्यै छुटाइँन ।

अस्ति भर्खर हामीले हिन्दू परम्पराअनुसार बुबाको मुख हेर्ने दिन मनायौं । फेरि लगत्तै पछि ” ह्याप्पी फादर्स डे” पनि मनायौं । बहुआयामिक समाजमा बस्दा एक अर्काको अस्तित्व नै नस्वीकार्ने हो भने समाज कति भयावह बन्ला ?

अञ्जु पन्तबारे

शंका छैन, अन्जु पन्त अद्भुत क्षमता भएकी गायिका हुन् । उनले गाएको “न बिर्सें तिमीलाई न पाए तिमीलाई” बोलको गीत सुन्दा मुटुमा कम्पन पैदा गरिदिन्छ । तर, उनले यो पनि सोच्नु पर्ने हो कि उनीजस्तो सार्वजनिक मान्छेको सानो टिप्पणीले समाजमा कत्रो उत्तेजना पैदा गर्छ ?

यो सत्य हो कि सामाजिक सन्जालमा उनको अति निर्दयी र अमानवीय आलोचना भएको छ । तर, अन्जुले यो पनि भुल्नु हुँदैन कि अन्जुलाई उनका तिनै स्रोताले पनि आलोचना गरेका छन्, जसले अन्जुमाथि घरेलु हिंसा भयो भन्दा सहानुभूति राख्थे।

जसरी पहिले उनले साइ भजनलाई परिवर्तन गरेर प्रभु भजन बनाइन् र त्यससँगै भजन त गाउने  तर शब्द फेरेर गाउने उनको बानीको विकास भयो, अब कि त उनले कुनै पनि भजन नगाउन्, होइन भने धर्म फेरेझैं शब्द फेरेर नगाउन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?