Comments Add Comment

सीके राउतलाई थप दुई दिन हिरासतमा राख्न अनुमति

ck-raut५ असोज काठमाडौं । तराई मधेसलाई नेपालबाट टुक्र्याएर अलग देश बनाउनुपर्छ भन्दै अभियान चलाएको अभियोगमा पक्राउ परेका सीके राउतलाई थप दुई दिन न्यायिक हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ ।

न्यायाधीशद्धय मोहनरमण भट्टराई र भुपेन्द्रप्रसाद राईको संयुक्त इजलासले राउतलाई दुई दिन हिरासतमा राखे अनुसन्धान गर्न अनुमति दिएको हो ।

 विशेष अदालतबाट म्याद थप पछि राउतलाई जोरपाटीको अत्तरखेलस्थित अस्पताल लगिएको छ । उनको दाहिने खुट्टा सुन्निएकाले उपचारका लागि अस्पताल लगिएको अधिवक्ता राजेश अहिराजले जानकारी दिए । राउतले हिरासतभित्रै अनसन शुरु गरेका छन् ।

यसअघि सर्वोच्च अदालतले आइतवारै उनको बन्दी प्रत्यक्षीकरणको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै विशेष अदालतका नाममा कारण देखाउ आदेश जारी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment