६ असोज, काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहको स्वास्थ्यमा सुधार आएपछि उनलाई अहिले नर्भिक अस्पतालबाट डिस्चार्ज गरिएको छ ।
पूर्व राजालाई घरमै आराम गर्न चिकित्सकहरुले सुझाव दिएपछि अस्पताल भर्ना गरिएको तेस्रो दिन सोमवार विहान ११ बजे डिस्चार्ज गरिएको हो ।
पूर्व राजालाई अस्पतालमा घर लैजाने बेलामा पूर्व रानी कोमल, पूर्व युवराज्ञी हिमानी, पूर्व अधिराजकुमारी प्रेरणा लगायत राजपरिवारका सदस्यहरु अस्पताल पुगेका थिए ।
यसअघि पूर्वराजाको स्वास्थ्य अवस्था बुझ्न गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झासमेत नर्भिक अस्पताल पुगेका थिए ।
राजतन्त्र अन्त्य भएर गणतन्त्र स्थापना भएपछि पूर्वराजालाई गणतन्त्र नेपालका उपराष्ट्रपतिले भेटेको यो पहिलोपटक हो ।
त्यस्तै पूर्वराजाको स्वास्थ्य अवस्थाबारे जानकारी लिन नेपाल सरकारको तर्फबाट उर्जामन्त्री राधा ज्ञवाली पनि अस्पताल पुगेकी थिइन् ।
नेपाली सेनाका प्रधानसेनापति गौरव शमसेर जबराले पनि अस्पतालमा पुगेर पूर्वराजा ज्ञानेन्द्रको स्वास्थ्य अवस्थाको जानकारी लिएका छन् ।
प्रतिक्रिया 4