Comments Add Comment

ब्ल्याकबेरीले ल्यायो ‘पासपोर्ट’ स्मार्टफोन

blackberry-passport-1गुमेको साख फर्काउन कोसिस गरिरहेको क्यानेडियन मोबाइल फोन ब्राण्ड ब्ल्याकबेरीले अनौठो साइजको स्मार्टफोन सार्वजनिक गरेको छ ।
साढे चार इन्चको स्क्वायर साइजको नयाँ स्मार्टफोन बुधबार टोरन्टो, लण्डन र दुबईमा एकसाथ सार्वजनिक गरियो ।
कम्पनीको प्रमुख कार्यकारी अधिकृतका रुपमा जोन चेनले गत नोभेम्बरमा नेतृत्व लिएपछि पहिलोपटक गरिएको नयाँ स्मार्टफोन नयाँपन भनेकै यसको अनौठो साइज हो । ब्ल्याकबेरीले गत दुई बर्षदेखि नयाँ स्मार्टफोन ल्याउन सकेको थिएन् ।
blackberry-passport-2सन् २०१३ को जनवरीमा सार्वजनिक गरिएको ब्ल्याकबेरी १०ले एप्पल र सामसुङको दबदबा रहेको बजारमा प्रयोगकर्ताको ध्यान तान्न सकेको थिएन् ।
कम्पनीको साख फर्काउने रणनीति अन्र्तगत यो स्मार्टफोन सार्वजनिक गरिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।
यो फोनमा फिजिकल कि बोर्ड पनि छ र टच स्त्रिmनमा पनि किबोर्ड प्रयोग गर्न मिल्छ । जसका कारण पासपोर्ट निकै नविन उत्पादन बनेको प्रबिधि बिश्लेषकहरुले टिप्पणी गरेका छन् ।
बिजनेसम्यान र सरकारी कर्मचारीलाई लक्षित गरि ल्याइएको यो फोनमा माइक्रोसफ्ट अफिस पनि संचालन हुन सक्छ । यसको सफलतासँगै पासपोर्ट २ का लागि पनि काम थाल्ने तयारी भइरहेको सिइओ चेनले बताए ।
यसमा १३ मेगापिक्सेलको क्यामेरा, ३जीवी र्‍याम, ३२ जीवी इन्टरनल मेमोरी, १४४० रेजुलेसनको स्क्रिन डिस्प्ले, १०८० पिक्सेलको एचडी भिडियो रेकडिङ र ३० घण्टासम्म टिक्ने ब्याट्री राखिएको छ ।
यसको मूल्य अमेरिकामा ६ सय डलर पर्ने छ ।

यस्तो छ अाइफोन ६ र ब्ल्याकबेरी पासपोर्टको भिन्नता

blackberry-passport-3

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment