0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

राहुघाट जलविद्युत आयोजना निर्माण सुरु

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज ११ गते १०:५६

Raghughat-Hydro-Project

११ असोज, म्याग्दी । म्याग्दीको पिप्लेमा ३२ मेघावाट क्षमत्ताको राहुघाट जलविद्युत् आयोजनाको निर्माण शुक्रबारबाट सुरु भएको छ ।

नेपाल विद्युत प्राधिकरणले निर्माण गर्न लागेको आयोजनाको  प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसी, स्थानीय विकास अधिकारी विष्णुप्रसाद शर्मा, आयोजनाका निर्देशक विकासमानसिंह डङ्गोल र उपनिर्देशक मणिकुमार काफ्लेले संयुक्तरुपमा शुक्रबार शिलान्यास गरे ।

नेपाल सरकार, विद्युत प्राधिकरण र भारतीय एक्जिम बैंकको सहुलियत ऋण सहयोगमा निर्माण सुरु भएको आयोजना साढे तीन वर्षभित्र सम्पन्न हुने जानकारी निर्देशक डङ्गोलले दिए ।

झिँ र दग्नाम गाविसको सिमाना बुक्लमा १८ मिटर उचाइको बाँध रहने आयोजनाको ६.१ किलोमिटर लामो सुरुङ हुनेछ । आयोजनाको  विद्युत्गृह, सुरुङ, बाँध र प्रवेश मार्ग निर्माणका लागि भारतीय निर्माण कम्पनी आइभिआरसिएलसँग २०६७ कात्तिकमा रु दुई अर्ब ५० करोडमा सम्झौता भएको थियो ।

विद्युत्गृहदेखि बाँधसम्मको १२ किलोमिटर सडकको ट्रयाक निर्माण गर्ने योजनाअनुसार एक किलोमिटर बाँकी रहेको छ । यसैगरी पिप्लेमा आवासगृह निर्माण अन्तिम चरणमा पुगेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?