0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

रास्वपा रुपन्देहीको सभापतिमा महेन्द्र चापागाई निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २५ गते ६:४४

२५ जेठ, बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा रुपन्देहीको प्रथम अधिवेशनबाट सभापतिमा महेन्द्रप्रसाद चापागाई निर्वाचित भएका छन् ।

नेतृत्वका लागि सहमति नभएपछि पदाधिकारी र सदस्य सबै पदमा निर्वाचन भएको थियो । निर्वाचनमा चापागाईले २९६ मत पाएर निर्वाचित हुँदा प्रतिस्पर्धी आशिष न्यौपानेले १४३ मत पाए ।

चापागाई प्रदेश सदस्य एवं प्रचार प्रसार विभाग प्रमुख थिए भने न्यौपाने जिल्ला उपसभापति थिए । उपसभापतिमा दुर्गाप्रसाद खनाल २३८ मत पाएर निर्वाचित भए भने रचना क्षेत्रीले १८९ मत पाइन् ।

सचिवमा ज्ञानेन्द्र पाण्डे २३७ मत पाएर निर्वाचित भए भने प्रतिस्पर्धी मोहनविक्रम जीसीले २०३ मत पाए ।

सहसचिवमा बाबुराम अर्यालले २७९ मत पाएर निर्वाचित हुँदा प्रतिस्पर्धी प्रेमनारायण तिवारीले १४८ मत पाएर पराजित भए ।

सदस्यहरुमा शर्मिला आचार्य, राजबहादुर क्षेत्री, अनिता पन्थी, रामनाथ हरिजन र जमुना सापकोटा निर्वाचित भएका छन् ।

यस्तै क्षेत्रीय संयोजकहरुमा १ मा खडानन्द पौडेल,२ मा विष्णुप्रसाद पौडेल,३ मा छविलाल शर्मा,४ मा विश्वनाथ शर्मा र ५ मा शेषकान्त गैरे निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?