Comments Add Comment

खड्कालाई होण्डा किन्दा होण्डा उपहार

Honda-upahar-ma-bike
१२ असोज, काठमाडौं । होण्डा किन्दा होण्डा उपहार अन्र्तगत दशैं हितार उपहार योजनामा काठमाडौंका कमल खड्काले होण्डा मोटरसाइकल उपहार जितेका छन् ।

मोटरसाइकल उपहार योजना अन्र्तगत लक्कि ड्र मार्फत खड्काले शनिबार युनिकन मोटरसाइकल उपहार पाएका हुन् ।

मोटरसाइकल उपहार बिजेता खड्कालाई वालाजुमा रहेको कपुरी ब्रदर्श इन्टरप्राइजेजका प्रोपाइटर किरण कपुरीले मोटरसाइकल हस्तान्तरण गरे ।

उपहार बिजेता खड्काले आफुले वालाजुको कपुरी ब्रदर्शमा खरिद गरेको युनिकन बाइकमा लक्कि ड्र मार्फत मोटरसाइकल उपहार पाएको जानकारी टेलिफोनमा पाउँदा विश्वासै नलागेको उपहार प्रदान कार्यक्रममा अनुभव सुनाए ।

लोकप्रियतासँगै विश्वासीलो र बलियो रुपमा चिनिएको होण्डाबाट अप्रत्याशित पुरस्कार पाउँदा होण्डा कम्पनीप्रति थप विश्वास बढेको पुरस्कार बिजेता कमल खड्काले पुरस्कार पाएपछि प्रतिक्रिया दिए ।

होण्डा किन्दा होण्डा उपहार योजना अन्र्तगत दशैं तिहार योजनाको पहिलो हप्तामा  वालाजुसँगै झापाको विर्तामोड, इलाम सदरमुकाममा रहेको कपुरी ब्रदर्शको शो रुमबाट झण्डै दुई सय मोटरसाइकल र स्कुटर विक्रि भएको समेत वालाजुमा रहेको कपुरी ब्रदर्शका म्यानेजर प्रशान्त कार्कीले जानकारी दिए ।

होण्डा कम्पनीको स्कुटर वा बाइक खरिदमा दशैं तिहार उपहार योजना अन्र्तगत सिटकभर, म्याट, हेल्मेट, बाइक कभर आदि समेत उपहार स्वरुप पाउँछन् ।

कपुरी ब्रदर्शको झापाको बिर्तामोड र मोरङको विराटनगरमा होण्डा कार सोरुम रहेको छ भने काठमाडौं सितापाईला, विर्तामोड र दमकमा मारुती सुजुकीको सो रुम रहेको छ ।

दशैं तिहार अफर अन्र्तगत होण्डा कम्पनीको कुनैपनि दुई पाङग्रे सवारीसाधन किन्दा स्क्र्याच कुपनबाट तत्काल न्युनतम ४ हजार देखी अधिकतम १ लाख सम्म नगद छुट पाउने समेत कार्कीले जानकारी दिए ।

यसैगरि, होण्डा बाइक खरिदमा पाँच वर्षसम्म पुग्ने गरि २० ओटा फ्रि-सर्भिसिङ कुपन पाउनुका साथै पाँच बर्ष सम्मकै लागि स्पेयरपार्टस्मा १० प्रतिशत छुट समेत पाउँछन् ।

होण्डा किन्दा होण्डा उपहार योजना अन्र्तगत नै बम्पर लक्कि ड्र मार्फत एकजनाले १० तोला सुन उपहार पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment