+

ओलम्पिकमा सर्वाधिक स्वर्ण बिजेता फ्लेप्स हिरासतमा

२०७१ असोज  २० गते ८:१७ २०७१ असोज २० गते ८:१७
ओलम्पिकमा सर्वाधिक स्वर्ण बिजेता फ्लेप्स हिरासतमा

mical-Phelps
२० असोज, काठमाडौं । ओलम्पिक खेलकुद इतिहासमा सर्वाधिक स्वर्ण पदक जितेर चर्चित बनेका पौडीबाज माइकल फ्लेप्स प्रहरीको हिरासतमा परेका छन् ।

अत्यधिक रक्सी खाएर तीव्र गतिमा सवारी चलाएको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको हो ।
म्याक हेनरी टनेलमा रक्सी पिएर उच्च गतिमा सवारी चलाएको भन्दै फ्लेप्सलाई मेरील्यान्ड प्रहरीले पक्राउ गरेको हो ।

उक्त टनेलभित्र प्रतिघन्टा ७२ किलोमिटरको गतिमा सवारी चलाउनुपर्नेमा उनले प्रतिघन्टा एकसय ३५ किलोमिटरको गतिमा सवारी चलाएका थिए ।

ओलम्पिकमा इतिहास रचेका उनले सोच्नै नसक्ने गरी सवारी चलाएको प्रहरीले जनाएको छ । उनलाई पक्रँदा उनको सवारीबाट हि्वस्कीको गन्ध आएको थियो ।

फ्लेप्स ओलम्पिकमा सर्वाधिक १८ स्वर्ण पदक जित्ने पौडी खेलाडी हुन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय