+
+
Shares

गोदावारी फूलको प्रतियोगितात्मक प्रदर्शनी हुने

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज २३ गते १५:०५

b

२३ असोज काठमाडौं । फ्लोरिकल्चर्स एसोसिएसन -फ्यान) ले तिहारलाई लक्षित गर्दै असोज ३१ गतेबाट कात्तिक ३ गतेसम्म आठौं गोदावारी फूलको प्रतियोगितात्मक प्रदर्शनी आयोजना गर्ने भएको छ । प्रतियोगितामा ३० वटाभन्दा बढी स्टल रहने फ्यानले जनाएको छ ।

आयोजनाका संयोजक जेबी तामाङका अनुसार ललितपुरको जावलाखेल स्थित फूटवल मैदानमा सञ्चालन गरिने प्रतियोगितामा गोदावारी, सयपत्री र अन्य बोटविरुवा विक्री वितरणसमेत गरिने छ । प्रतियोगितामा उपत्यकाका नर्सरीहरुले भाग लिनेछन् ।

गत वर्ष भएको मेलामा २२ हजारले अबलोकन गरेका थिए भने २१ लाख रुपैयाँको कारोबार भएको थियो । यो वर्ष २५ लाखभन्दा बढीको कारोबार हुने आयोजकको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?