+
+
WC Series
जनकपुर बोल्ट्स 2025
130/6 (20)
VS
Kathmandu Gorkhas won by 5 wickets
Won काठमान्डु गोर्खाज 2025
131/5 (17.6)
Shares

राष्ट्रसंघका उपमहासचिव र प्रचण्डवीच टेलीफोन वार्ता

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज २३ गते १७:२०

२३ असोज, काठमाडौं । नेपालका प्रमुख राजनीतिक दलहरुले पाँचबुँदे सहमति गरेर व्यवस्थापिका संसदको गतिरोध फुकाएकोमा संयुक्त राष्ट्र संघले धन्यवाद ज्ञापन गरेको छ ।

Feltman-and-prachandaसंयुक्त राष्ट्र संघका राजनीतिक मामिला हेर्ने उपमहासचिव जेफ्री फेल्टम्यानले विहीबार साँझ एमाओवादी अध्यक्ष प्रचण्डलाई टेलिफोन गरी धन्यवाद ज्ञापन गरेका हुन् ।

उपमहासचिव फेल्टम्यानले उच्चस्तरीय राजनीतिक समितिको संयोजक बनेकोमा प्रचण्डलाई बधाइ समेत दिएको प्रचण्डका स्वकीय सचिव चूडामणि खड्काले अनलाइनखबरलाई बताए ।

‘फेल्टम्यानले अब शान्ति प्रक्रियाका बाँकी कामहरु चाँडै पूरा हुने र संविधान निर्माणले गति लिने राष्ट्र संघको विश्वास समेत व्यक्त गर्नुभयो,’ खड्काले अनलाइनखबरसँग भने- ‘नेपालको शान्ति प्रक्रियामा राष्ट्र संघले राम्रो योगदान पुर्‍याएको स्मरण गर्दै अध्यक्ष प्रचण्डले संयुक्त राष्ट्र संघको भूमिकाप्रति आभार व्यक्त गर्नुभयो ।’

नेपालमा रहेका यूएनका प्रतिनिधिले विहीबार बिहानै लाजिम्पाट पुगेर टेलिफोन सम्वादको समय मिलाएका थिए । त्यसैअनुसार साँझ जेफ्री ले यूएन हेडक्वार्टरबाट एमाओवादी अध्यक्ष प्रचण्डलाई टेलिफोन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?