Comments Add Comment

सम्वाद समितिलाई थप ६ दिनको समय

२४ असोज, काठमाडौं । संविधानसभाले संविधानका विवादित विषयमा सहमतिका लागि संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिलाई थप ६ दिनको समय दिएको छ । साथै सहमति भएका विषयहरुलाई संविधान मस्यौदा समितिमा पठाइएको छ ।

सम्वाद समितिको प्रतिवेदनमाथिको छलफलपछि सभाध्यक्ष सुवास नेम्वाङले ३० गतेसम्म सहमति र प्रश्नावली बनाउन समय दिने प्रस्ताव गरेका थिए, जसलाई बहुमतले पारित गरेको छ । सम्वाद समितिले ३१ गते प्रतिवेदन पेश गर्नु पर्नेछ ।

बैठकमा कांग्रेस र एमालेका सभासदहरुले सहमतिका नाममा समय लम्ब्याउन नहुने बताएका थिए भने एमाओवादीसहितका दलहरुले सहमतिमा जोड दिएका थिए ।

कांग्रेस सभासद गगन थापाले सम्वाद समिति अब सहमति जुटाउन असफल भइसकेको भन्दै प्रश्नावली बनाउन छुट्टै समिति बनाउन माग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment