+
+

संगीतकार चेतन सापकोटा सिनेमा बनाउँदै

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज ३१ गते १६:१६

chetan dai५ दर्जन नेपाली सिनेमामा संगीत दिएका संगीतकार चेतन सापकोटाले सिनेमा निर्माण गर्ने तयारी गरेका छन् ।

लामो समयदेखि कथामा बसेका चेतनले नाम तय नगर्दै निर्माता बन्न लागेको जानकारी दिएका हुन् ।

उनले सिनेमाको नाम भने तय भैनसकेको बताउँदै कथा आफूले लेखेको बताए । सिनेमाको निर्देशन नवल नेपालले गर्नेछन् ।

नवलको काम हेरेर आफूले लिएको चेतनले बताए । एनआरएन सहदेव गौतमले उनलाई लगानीमा साथ दिनेछन् । अन्य देशका साथीभाइले पनि काममा साथ दिने बताएको चेतनले अनलाइनखबरलाई जानकारी दिएका छन् ।

सिनेमाका लागि कलाकारको पक्का गरिएको छैन । आफूले लिन खोजेका कलाकारहरु यो बर्ष व्यस्त भएकाले अर्को बर्षको सुरुवातबाट नै छायांकनमा जाने उनले बताए । निर्माता छविराज ओझासँग सल्लाहा गरेर सिनेमा बनाउन लागेको उनले जनाएका छन् ।

पूर्व र पश्चिमका यूवायूवतीको कथावस्तुलाई सिनेमाले देखाउन खोजेको छ । सिनेमाको पटकथा तथा संवाद नवल नेपालले नै लेखिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?