नेपाली सिनेमाको सर्वाधिक प्रतिक्षामा रहेको ‘सातौ नेफ्टा फिल्म अवार्ड २०७०’ हङकङको ‘वीपी इन्टरनेशनल होटल’मा सुरु हुँदैछ । यसका लागि यतिबेला रेड कार्पेट चलिरहेको छ । नेपाली सिनेमाका अधिकांश कलाकारहरुको सहभागीता रहेको यो अवार्ड समारोह अब सुरु हुन लागेको छ । जसका लागि अधिकांश कलाकार तथा सिनेकर्मी हलमा प्रवेश गरिसकेका छन् ।
नायक राजेश हमालदेखि करिश्मा मानन्धरसम्म आकर्षक पहिरनमा रेड कार्पेटमा देखिए । नायिकाहरुले आकर्षक देखिन कुनै कसर बाँकी राखेनन् । नायकहरु पनि सुट पाइन्टमा देखिए । हङकङको ‘वीपी इन्टरनेशनल’ होटलको हलमा केही समयमा नै सुरु हुन लागेको अवार्ड समारोहको उद्घाटन सूचना तथा संचारमन्त्री मिनेन्द्र रिजालले गर्दैछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4