Comments Add Comment

छोरो नआएपछि सरकारले गर्ने भयो नन्दप्रसादको अन्त्येष्टी

१० कात्तिक, काठमाडौं । सरकारले अनसनकै क्रममा मृत्यु भएका नन्दप्रसाद अधिकारीको अन्त्येष्टी गर्न आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

वीर अस्पतालमा अनसनकै अवस्थामा मृत्यु भएका नन्दप्रसादको शव बुझ्न उनका छोरा नआएपछि अहिलेसम्म अन्तेष्टी भएको छैन । उनको शव शिक्षण अस्पताल महाराजगन्जमा छ । मन्त्रिपरिषदको सोमवारको बैठकले नन्दप्रसादको अन्तेष्टी गर्ने निर्णय गरेको हो ।

नन्दप्रसादका छोरा नुरप्रसादले शव बुझेका छैनन् । बुवासँगै अनसन बसेकी आफ्नी आमालाई समेत नुरप्रसाद वेवास्ता गरिरहेको स्रोतले जनाएको छ । उनले अनसन तोडाउन सरकारसँग करोडौं रकम माग गरेका थिए ।

त्यस्तै नन्दप्रसादकी श्रीमती गंगामायाको जीवनयापनको व्यवस्था पनि सरकारले गर्ने भएको छ । सरकारको विशेष आग्रहमा नन्दमायाले गत साता अनसन तोडेकी थिइन् ।

गोर्खा फुजेलका नन्दप्रसाद र गंगामायाले सशस्त्र द्वन्द्वकाल विद्रोहीपक्षबाट मारिएको आफ्नो छोरो कृष्णप्रसादको हत्यामा संलग्नलाई पक्राउ गरी कारवाही गर्न माग गर्दै बीर आमरण अनसन बसेका थिए । अनसन बसेकै अवस्थामा नन्दप्रसादको निधन भएको थियो । गंगामायाले भने गत साता अनसन तोडेकी थिइन् ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय महिला आयोगको सदस्यमा भगवती घिमिरेलाई नियुक्त समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment