विश्वप्रसिद्ध मोबाइल अपरेटिङ सिस्टम एन्ड्रोयडका जनक एण्डी रुबिनले गुगल छाड्ने घोषणा गरेका छन् ।
एण्डी रुबिन एन्ड्रोयड प्रोजेक्टका सहसंस्थापक हुन् । उनले झण्डै ९ वर्षमा नै गुगल छाड्न लागेका हुन् ।
रुबिनले गुगल छाड्न लागेको सूचना दिँदै गुगलका मुख्य कार्यकारी ल्यारी पेजले भनेका छन्-‘रुबिनले प्रविधिको दुनियाँमा एन्ड्रोयड बनाएर एक असाधारण काम गरे । जसको लाभ विश्वभरका अरबौं मानिसले लिए । यो खोजका लागि उनलाई धेरै धन्यवाद ।’
रुबिनले एप्पलसँग काम गरिसकेका छन् । अब उनी एन्ड्रोयड छाढेर रोबोटिक्सको क्षेत्रमा लागेका छन् ।
रुबिनले छाडेपछि एन्ड्रोयड सुन्दर पिचाइले सम्हाले गुगलले जनाएको छ । उनले गुगल क्रोम र एप्सका लागि काम गरिसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4