ट्रेलर सार्वजनिक भएसागै संभावना बढेको चलचित्र ‘जेरी’को एक गीत सार्वजनिक गरिएको छ । ‘होस्टेल’ निर्देशक हेमराज वीसीको निर्देशनमा बनेको यो चलचित्रमा अनमोल केसी मुख्य भूमिकामा छन् ।
चलचित्रको ‘तिमीलाई हेरिरहे’ बोलको गीत सार्वजनिक गरिएको हो । चलचित्रमा अनमोलका अलवा अन्ना शर्मा, अमालिया शार्मा लगायतका कलाकारले अभिनय गरेका छन् । मनोज सेरचनको निर्माणमा तयार भएको चलचित्रमा शैलेन्द्र कार्कीको छायांकन छ । सार्वजनिक गीतमा नरेन लिम्बुको संगीत, शब्द तथा स्वर छ । यो चलचित्र कात्तिक २८ गतेबाट हलमा लाग्दैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4