+
+

म्याग्दीका एक्काइस गाविसमा ताररहित इन्टरनेट सुविधा

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक १७ गते ११:२३

१७ कात्तिक, म्याग्दी । जिल्लाका २१ वटा गाविसमा ताररहित इन्टरनेट सुविधा विस्तार गरिएको छ ।

६ वटा गाविसलाई समेटेर बेनी नगरपालिका घोषणा गर्नुअघि ४१ गाविसमा इन्टरनेट सुविधा विस्तार भएको र बाँकी गाविसमा पनि internet-userयो प्रविधि विस्तारका लागि सर्वेक्षण सुरु गरिएको जिविसले जनाएको छ ।

इन्टरनेट जडान गरिएका ठाउँमा क्षमता विस्तार तथा मर्मत र नयाँ ठाउँमा विस्तारका लागि फ्रि वाइफाई जिल्ला योजना सञ्चालन गर्न लागिएको स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेलले बताए ।

राम्चे, हिस्तान, शिख, घार, नारच्याङ, दाना, भुरुङ तातोपानी, दोवा, बेग, भगवती, भकिम्ली, पात्लेखेत, झीँ, पाखापानी, कुहूँ, निस्कोट, दरवाङ, चिमखोला र बिममा ताररहित प्रविधिको इन्टरनेट सुविधा विस्तार भइसकेको छ ।

हाल बेनी नगरपालिकामा समावेश गरिएका साविकको घतान र अर्थुङ्गेमा पनि ताररहित इन्टरनेट सुविधाको पहुँच पुगिसकेको जिविसले जनाएको छ ।

जिल्लाका सबै गाविसका ताररहित इन्टरनेट सुविधा उपलब्ध गराउनका लागि भौगोलिक, प्राविधिक र लागत सर्वेक्षणको काम भइरहेको जिविसका आइसिटी भोलेन्टियर प्रवीण पौडेलले बताए ।

ताररहित इन्टरनेट सुविधाका कारण ग्रामीण क्षेत्रका बासिन्दाको आधुनिक प्रविधिमा पहुँच बढेको छ भने देश-विदेशमा सर्वसुलभ रूपमा सञ्चार सम्बन्ध स्थापित गर्न पाएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?