नायक भुवन केसीका छोरा अनमोल केसी नेपाली सिने उद्योगका अाशलाग्दा प्रतिभा हुन् । सानैबाट एक्सन-कटमा हुर्किएकाले पनि यो क्षेत्र उनका लागि नाैलो हैन ।
बिहीबार चलचित्र ‘जेरी’को पत्रकार सम्मेलनमा देखिएका अनमोलले बेग्लै पहिचानसहित नेपाली सिने उद्योगलार्इ नयाँ उचाइमा लैजाने चाहेको खुलाए ।
तर, अनमोललाई आफ्नो बेग्लै पहिचान बनाउन त्यति सजिलो छैन् । कारण, उनलाई भूवन केसीको छोरा भनेर धेरैले चिन्छन् ।
जेरीको प्रेस मिटमा अनमोल संचारकमर्मीसँग खुलेर केही ब्यक्तिगत कुरा पनि गरे ।
आफू स्कुल पढ्दा निक्कै ‘प्लेब्वाई’ रहेको समेत उनले खुलाउँदै अहिले भने सिंगल रहेको बताए । अनमोलले भने-‘ मलाई अहिले त गलफ्रेन्ड बनाउने फुर्सद नै छैन । तर, स्कुल पढ्दा मेरा धेरै गर्लफ्रेन्ड बने ।’
नायक भुवन केसी आफ्नो साथी जस्तो भएको भन्दै अनमोलले बुबाले आफूलाई गर्लफ्रेन्ड भए घरमै ल्याउनु भन्ने गरेको समेत खुलाए । अनमोलले भने-‘हामी कामको कुरा भन्दा अन्य बिषयमा खासै बोल्दैनौ । बुबा गलफ्रेन्ड भए घरमै ल्याए हुन्छ भन्नुहुन्छ । तर, अहिले म काममा गम्भिर छु ।’
नेपाली चलचित्र नै नहेर्ने दर्शकलाई जेरीमार्फत हलसम्म तान्ने योजना रहेको अनमोलले खुलाए ।
प्रतिक्रिया 4