Comments Add Comment

कलर्स मोबाइलले भित्रायो सस्तो बारफोन

२१ कात्तिक, काठमाडौं । कलर्स मोबाइलले बलियो, टिकाउ र सिमित बजेटमा उपलब्ध हुने मोबाइल सेट बजारमा ल्याएको छ ।

सबै वर्गका उपभोक्ताहरुलाई लक्षित गरि निर्माण गरिएको एफ थर्टी मोडल नेपाली उपभोक्ताहरु माझ लोकप्रिय हुने कम्पनीले विश्वास लिएको छ । यस्को मूल्य २ हजार ६ सय ९५ रुपैयाँ तोकिएको छ ।

यसमा व्याप र जिपिआरएस प्रविधि जडान गरिएको छ जसले ग्राहकहरुलाई इन्टरनेटको दुनियाँमा जोडन मद्धत पुर्‍याउने छ ।

साथै, यसमा वायरलेस एफएम, ३००० एमएएच क्षमताका ब्याटि्र, डिजिटल क्यामेरा र टर्च लाइट लगायतका सुविधाहरु रहेका छन् ।

यसमा गीत तथा भिडियो हेर्नका लागि एमपिथ्री र एमपिफोर सुविधा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment