Comments Add Comment

सनराइज बैंकको निमित्त सिइओमा बलराम विष्ट

Balaram bista२३ कात्तिक काठमाडौं । सनराईज बैंकको सञ्चालक समितिले बलराम विष्टलाई निमित्त प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गरेको छ ।

सहायक महाप्रवन्धककोरुपमा सात वर्षअघि सनराइज बैंक प्रवेस गरेका विष्ट दुई वर्षदेखि डेपुटी सिइओ थिए ।
शुक्रबार बसेको सञ्चालक समितिको बैठकले बिष्टलाई निमित्त सिइओको जिम्मेवारी दिएको हो ।
बैंकका प्रमुख कार्यकरी अधिकृत सुरेन्द्रमान प्रधानले दिएको राजिनामा सञ्चालक समितिले यसअघि नै स्वीकृत गरिसकेको थियो ।
२०४० साल चैतमा नेपाल बैंकबाट अधिकृत पदबाट बैंकिङ करियर सुरु गरेका विष्ट सात वर्षदेखि सनराईज बैंकमा कार्यरत छन् ।
विष्टसँग साढे ९ वर्ष नेपाल बैंक, साढे १४ वर्ष हिमालयन बैंक र सनराइज बैंक गरी ३१ वर्ष काम गरेको अनुभव छ ।
सनराइज बैंकको सञ्चालक समितिले निकट भविष्यमै नयाँ प्रमुख कार्यकारी नियुक्तिको तयारी गरिरहेको छ ।
प्रभु बैंकबाट केही समय अघि बाहिरिएका कुमार लम्साल सनराइजको सिइओ हुने भन्ने बजारमा चर्चा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment