२८ कात्तिक काठमाडौं । अर्थमन्त्री डा. रामशरण महतले प्लास्टिकजन्य सामानहरु उत्पादन गरेर निर्यात गर्न सकिने संभावना रहेको बताएका छन् ।
शुक्रबार भृकुटीमण्डपमा प्लास्ट नेपाल २०१४ को उदघाटन गर्दै मन्त्री महतले यो उद्योतर्फ आकषिर्त हुन उद्यमी व्यवसायीलाई आग्रहसमेत गरे ।
सो अवसरमा उनले प्लास्टिकलाई रिसाइकल गरी प्रदूषण नियन्त्रणमासमेत ठोस योगदान पुर्याउनु पर्नेमा जोडदिए ।
मन्त्री महतले कृषि, पर्यटन र जलबिद्युतका साथै भौगोलिक विविधताको फाइदा लिई क्रिकेट, गोल्फ प्रतियोगिता, शिक्षा तथा स्वास्थ्य हब बनाई फाइदा लिन आग्रह गर्दै सरकारले आवश्यक जस्तोसुकै सहयोग गर्ने आश्वासन दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4