Comments Add Comment

आलोकलाई संझिदै भावूक बनिन् नम्रता

keki-and-benisha

आफूलाई चलचित्र क्षेत्रमा लाग्न प्रेरणा दिने निर्देशकलाई संझिदै गर्दा नायिका नम्रता श्रेष्ठ भावूक बनिन् । आकाशतर्फ फर्कदै उनले स्वर्गिय निर्देशक आलोक नेम्वाङलाई जहाँ रहेपनि खुशी रहन भनिन् । नम्रताले यसो भन्दै गर्दा उनका आँखाहरु रसाएका थिए ।

नम्रतालाई आलोकले नै चलचित्र क्षेत्रमा आउन झकझकाएका हुन् । नम्रताले भनिन्, ‘म यो क्षेत्रमा आउन नै चाहन्नथ्य । तर, ‘सानो संसार’को कथा सुनाउँदै आलोक दाइले मलाई यता तान्नुभयो । आज म जहाँ छु, उहाँकै कारणले छु ।’

namrata-shrestha-in-aalok-1

नेपाल चलचित्र प्राविधिक संघले आलोकको निधन भएको ११ दिनमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको हो । चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसीले आलोक आफूहरुका लागि सधै नै विशेष रहेकाले उनलाई संझिएको बताए । केसीले भने, सोल्टी होटलमा हामीले अवार्ड गर्ने तयारी गर्दै गर्दा आलोक जीले एक वचनमै हामीलाई सहयोग गर्न राजी हुनुभएको थियो । यसपछि पनि उहाँ हाम्रा लागि सधै सहयोगी हुनुभयो ।
श्रद्धाञ्जली कार्यक्रममा बोल्दै आलोकका भिनाजु विजय लामाले उनको निधनका बारेमा कुनै पनि रिपोर्ट नआइसकेकाले आत्महत्या नभनिदिन आग्रह गरे । प्रहरी र पोष्टमार्टमको रिपोर्ट दुबै आएपछि सार्वजनिक गर्ने लामाको तर्क छ । लामाले यतिबेला आफूहरु निक्कै शोकमा रहेको भन्दै पुष्टी नै नभएको कुरा मिडियामा आउँदा झनै चोट पुग्ने बताए ।
आलोकले निर्देशन गरेको अन्तिम चलचित्र अझै पनि कि निर्मात्री पूनम गौतमले उनीसँग काम गर्न निक्कै सहज भएको बताइन् । पूनमले आलोकको अन्तिम कोशेलीलाई आफूहरुले उनकै चाहना अनुसार दर्शकसम्म पुर्याउने बताइन् ।
श्रद्धाञ्जली कार्यक्रममा नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष सुमन दाहाल, एफडीका प्रमुख प्रदिपकुमार उदय लगायतले आलोकको व्यक्तित्वको बारेमा बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment