Comments Add Comment

थ्री गर्जेजले थाल्यो पश्चिम सेतीको स्थलगत निरीक्षण

२४ मंसिर, काठमाडौं । बहुचर्चित पश्चिम सेती जलविद्युत आयोजनाको प्रवर्द्धक कम्पनीको टोलीले बुधबारदेखि परियोजनाको स्थलगत निरीक्षण सुरु गरेको छ ।

मुख्य प्रवwest_setiर्द्धक कम्पनी चीनको थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसनको सहायक कम्पनी सांघाई डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्यूटको ११ सदस्यीय टोली परियोजनास्थल गएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तले अनलाइनखबरलाई बताए ।

‘आजको भोलि नै ठूला परियोजनाहरु बन्दैनन्, यसरी लगानीकर्ताको टोलीले स्थलगत निरीक्षण गर्नु अत्यन्तै सकरात्मक पक्ष हो’ पन्तले भने -टोलीले ड्याम साइड, पावर हाउस लगायत परियोजनास्थलको सम्पूर्ण पक्षका बारेमा चार दिन लगाएर निरीक्षण गर्नेछ ।

स्थलगत निरीक्षणपछि टोलीले यसअघि भएको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को भेरिफिकेसन प्रतिवेदन बुझाउने छ ।
सीडब्लुसँग नयाँ सम्झौता भएपछि कम्पनीले आयोजनको प्रक्रिया अघि बढाउन बेवास्ता गरेको भन्ने आरोप लाग्दै आएको छ ।

कुल ७ सय ५० मेगावाट विद्युत उत्पादन क्षमताको उक्त आयोजनाको प्रवर्द्धक चीनको थ्री गर्जेज हो ।

ठूलो परियोजनाको काम सुरु गर्नुअघि पर्याप्त अध्ययन अनुसन्धान आवश्यक भएकाले टोलीले स्थलगतरुपमा निरीक्षण गरेको पन्तले बताए ।

प्रवर्द्धक कम्पनी र लगानी बोर्डबीच परियोजना लागतको १० प्रतिशत सेयर स्थानीयलाई दिने र उक्त क्षेत्रको विकासका लागि १ सय ५० मेगावाट विद्युत उपलब्ध गराउने सम्झौता भएको छ ।

त्यसैगरी परियोजनाको लागत १ खर्ब ४८ अर्ब रुपैयाँ रहेको लगानी बोर्डका मिडिया कन्सल्ट्यान्ट प्रभाकर घिमिरेले जानकारी दिए ।

यो परियोजनामा २७ प्रतिशत नेपाल सरकारको लगानी रहनेछ । घिमिरेका अनुसार सन २०२१ सम्ममा परियोजना निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

आयोजनाबाट वाषिर्क ३ अर्ब ६३ करोड युनिट विद्युत उत्पादन हुने छ । परियोजनाले बैतडी, डढेलधुरा, बझाङ र डोटीका करिब २ हजार घरधुरी विस्थापित हुने अध्ययनले देखाएको छ । परियोजनाको प्रसारण लाइनको लम्बाइ ५ सय किलोमिटर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment