+
+
Shares

अन्तिम रुप दिई विप्पा ड्राफ्ट चीन पठाइयो

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर २५ गते १५:३५

२५ मंसिर, काठमाडौं । नेपाल सरकारले छिमेकी मुलुक चीनसँग द्धिपक्षीय व्यापार सम्झौता (विप्पा)का लागि बिहीबार पत्राचार गरेको छ ।

chin nepalचीनले २०६८ साल मंसिरमा विप्पाका लागि नेपाल सरकारलाई ड्राफ्ट पठाएको थियो । सोही ड्राफ्टलाई  विभिन्न मन्त्रालयबीच छलफल गराएर अन्तिम रुप दिई सम्झौतका लागि चीन पठाइएको हो ।

उद्योगमन्त्री महेश बस्नेतले विप्पा ड्राफ्टमा हस्ताक्षर गरी परराष्ट्र मन्त्रालय मार्फत चीन सरकारलाई पठाएको उनका प्रेस संयोजक अजय शर्माले जानकारी दिए ।

‘हालसालै भारतसँग गरिएको विप्पा मोडेलमा चीन सरकारले पठाएको ड्राफ्टलाई परिमार्जन गरेर पठाएका छौं, चीनबाट के कस्तो प्रतिक्रिया आउँछ त्यही बमोजिम प्रक्रिया अगाडि बढ्छ’ उद्योग मन्त्रालयका सह-सचिव महेश्वर न्यौपानेले भने ।

यसअघि नेपालको बेलायत, फिनल्याण्ड, मोरिसस, भारत लगायत ६ वटा देशसँग द्विपक्षीय व्यापार सम्झौता (विप्पा) भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?