Comments Add Comment

बेलायतमा न्वागी पूजा सम्पन्न

belayat nwagiबेलायत । बेलायतको आसफोर्ड सन फ्रान्सिस चर्चहलमा सन २०१४ सालको चासोक तङ्नाम (न्वागी पुजा) किरात याक्थुङ् चुम्लुङ केद्रिय कमिटी यूकेको आयोजनामा सम्पन्न भएको छ । कार्यक्रमको पहिलो चरणमा चासोक तङ्नाम (न्वागी पुजा) किरात सत्यहाङ विधिले धर्मगुरु रामकुमार सिंथेबे र धार्मिक सम्योजक लालबहादुर चोङ्बाङबाट एक घण्टा लामो पूजापाठ गरी सम्पन्न गरियो ।

न्वागी पूजा अन्नबाली पाकेपछि घर भित्र्याउनुअघि अन्नबाली भूमिबाट पाकेको र आउने सालमा पनि यसरी नै फलाएर हाम्रो भोक टरोस भनि घर भित्र्याउने र आफूले खानुअघि अन्न दिने भूमि र देवताहरुलाई चोखो चढाउने गरिन्छ ।

कार्यक्रमको दोस्रो चरण अतिथिको आसन ग्रहण गरी प्रमुख अतिथि उपस्थित मध्येको बृद्घ आमा बिष्णुकुमारी लिम्बु र केवाईसीयूकेका वर्तमान अध्यक्ष काजीमान यक्सोले दीप प्रज्वलन गरी औपचारीक रुपमा कार्यक्रमको उदघाटन गरिएको थियो। कार्यक्रममा संस्थाका उपाध्यक्ष दिलसिङ् मेन्याङ्बोले आगन्तुक पाहुनालार्इ स्वागत गरेका थिए । पूर्ण साउदेन र महेश्वरी नेम्बाङको पहलमा के–लाङ नृत्यसमेत प्रस्तुत गरिएको थियो।

यसै कार्यक्रमलाई अवसर पारि संस्थाका नयाँ संरक्षक सदस्यहरुलाई प्रमाणपत्र र अफगानको लडाईमा परि आफ्नो खुट्टा गुमेपनि बिभिन्न दौडमा प्रथम भई गोर्खाको इज्जत बडाउने कुशल लिम्बुलाई सम्मानपत्र प्रदान गरिएको थियो।

किरात याक्थुङ चुम्लुङको नाममा सन् २००० बाट विभिन्न ठाउमा वर्षवर्षमा कार्यक्रम सञ्चालन हुँदै आएपनि सन् २००३ बाटमात्र औपचारिक रुप लिएको हो। त्यहि समयदेखि माङहिम बनाउने प्रस्तावलाई अघि बढाउनको लागि कोष अघि बढाउनेबारेमा पनि छलफल भएको थियो । संस्थाका अध्यक्ष काजीमान यक्सोले बेलायतको ब्यस्त समयमा पनि कार्यक्रममा सहभागी जनाई कार्यक्रम सफल भएको भन्दै खुशी ब्यक्त गरे । कार्यक्रम संस्थाका महमसचिव खगेन्द्र लावती, सहसचिव मान तबेबुङ, सहसचिव महेश वनेमले पालैपालो संञ्चालन गरेका थिए ।

– सुरेन्द्र इङ्नामबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment