
२९ मंसिर काठमाडौं । व्यवस्थापिका संसद अन्तर्गतको विकास समितिले सरकारलाई पुाजीगत खर्च बढाउन निर्देशन दिएको छ ।
आइतबार बसेको समितिको बैठकले पुाजीगत खर्च हुन नसक्नुका कारणहरु १५ दिनभित्र समितिमा पेस गर्न राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ ।
सरकारले लक्ष्यको ७ प्रतिशत मात्रै खर्च गरेपछि समितिले विभिन्न मन्त्रालयलाई बोलाएर सोमबार यस्तो निर्देशन दिएको हो ।
सरकारले पुाजीगत खर्च गर्न नसक्दा विकाससाग सम्बन्धित आयोजनाहरु निर्धारित समयमा सम्पन्न हुन सकेको छैन ।
अर्थ मन्त्रालयलाई राष्ट्रिय प्राथमिकताप्राप्त आयोजनाहरुको कार्यान्वयनका लागि बजेट अभाव हुन नदिन र आयोजनाकाहरुलाई प्राथमिकताका साथ कार्यान्वयनमा लैजान भौतिक पूर्वाधार र स्थानीय विकास मन्त्रालयलाई निर्देशन दिएको सभापति रविन्द्र अधिकारीले जानकारी दिए ।
त्यसैगरी विकास निर्माणका लागि आवश्यक निर्माण सामाग्री अभाव हुन नदिन समितिको निर्देशन छ ।
विकास खर्चलाई प्रभावकारी बनाउन चाल्नु पर्ने कदमबारे छलफल गर्न आगामी पुस ६ गते अर्थ, कृषि तथा जलस्रोत र विकास समितिको संयुक्त बैठक बस्ने निर्णय गरिएको अधिकारीले बताए ।
प्रतिक्रिया 4