Comments Add Comment

यूएईमा दिगो विकास सम्वन्धी सम्मेलन हुने, अर्थमन्त्री महत विशेष वक्ता

ramsaran mahat१ पुस काठमडौं । आगामी मार्च ३० देखि अप्रिल १ सम्म संयुक्त अरब इमिरेट्स (युएइ) मा दिगो विकास सम्बन्धी सम्मेलन हुने भएको छ । सोमबार युएइका कार्यबाहक राजदूत सइद मोहम्मद अल्महरीले अर्थमन्त्री डा. रामशरण महतलाई विषेश वक्ताकोरुपमा निमन्त्रणा गरेका छन ।

बैठक प्रत्यक्ष वैदेशिक लगानीसम्वन्धी विश्वस्तरीय मञ्चको रुपमा परिचित छ । यो मञ्चको पाँचौं संस्करण हो । ‘वैदेशिक लगानीमा आधारित प्रविधि हस्तान्तरण र आविस्कारको माध्यमबाट दिगो विकास’ भन्नेमा सम्मेलन केन्द्रित रहेन छ ।

अर्थ मन्त्रालयमा भएको घेटघाटमा द्विपक्षीय हितका विषयमा छलफल भएको थियो ।

यूएनडीपीका उपमहासचिवसँग भेट

यससैबीच, अर्थमन्त्री डा महतसँग नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडीपीका उपमहासचिव तथा एसिया प्रशान्त क्षेत्रको जिम्मेवारी लिएका सहायक प्रशासक हाउलिङ सुले भेटघाट गरेका छन ।

यूएनडीपीद्वारा नेपालमा सञ्चालित कार्यक्रमहरुको बारेमा छलफल भएको छ । महतले नेपालको विकास निर्माणका लागि यूएनडीपीले पुर्‍याएको सहयोगको प्रशंसा गरे ।

अर्थमन्त्री महतले संबिधान निर्माणमा दलहरुबीच भैरहेको सम्बाद तथा सहमतिका पहलहरु र ठूला विकास आयोजनाहरुमा लगानीको चासो बढिरहेको जानकारी दिए ।

जनताको चाहना तीब्ररुपमा विकास होस भन्ने रहेको उल्लेख गर्दै उहाँले नयाँ सरकार गठनसँगै विकास निर्माणका कामहरुलाई तिब्रता दिइएको र लगानीको वातावरण निर्माणका लागि सरकारले साहसिक निर्णय गरी अगाडि बढिरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment