Comments Add Comment

म भित्र साहरुख र सलमान दुबैको गुण रहेछ : आर्यन सिग्देल

subash-and-aaryan
यतिबेला नेपाली चलचित्र बजारमा ‘कोही मेरो’का दुई नायक आर्यन सिग्देल र सुवास थापाको वाकयुद्धले चर्चा पाइरहेको छ । केही दिन अघि नायक सुवास थापाले अनलाइनखबरसँग कुरा गर्दै आर्यन सिग्देल नायक नभई क्यारिकेचर गर्ने पात्र रहेको आरोप लगाएका थिए ।

सुवासको आरोप-‘सलमानको ब्रासलेटमा खोई त आर्यनको पहिचान’ ?

‘आर्यनसँग आफ्नो पहिचान भन्ने केही पनि छैन, उनी सलमानको जस्तो ब्रासलेट लगाउँछन्, साहरुखको जस्तो अभिनय गर्छन्’, सुवासले भनेका थिए । सुवासको यो आरोपले नायक आर्यन सिग्देल ज्यादै आक्रोशित देखिएका छन् ।

अनलाइनखबरसँगको एक भेटमा आर्यनले सुवासलाई आफ्नो मुल्यांकन गरिदिएकोमा धन्यवाद दिएका छन् । आर्यनले सभ्य शैलीमा भने-‘नेपालमा यती धेरै कलाकार हुँदाहुँदै किन उहाँले मलाई नै टार्गेट गरेर यस्तो भन्नुभयो त ?

सायद म भित्र केही रहेछ भन्ने उहाँलाई पनि लाग्दो रहेछ नि ।’ आर्यनले आफू भित्र सलमान र साहरुख दुबैको खुबी हुनु राम्रो कुरा भएको बताए । उनले भने-‘यो त राम्रो कुरा हो कि, बलिउडका दुई महारथीको गुण म एक्लै भित्र रहेछ ।’ आर्यनले आफूलाई आजसम्म दर्शकले यस्तै स्टाइलमा मन पराएको भन्दै जनताको माया पाउनु नै आफ्नो लागि ठूलो कुरा भएको खुलाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment