Comments Add Comment

हिन्दु मुस्लिम र मुस्लिम हिन्दु बनेको ‘अलबिदा’

anita-aacharya
नायिका अनिता आचार्यलाई लाग्छ, ‘अलबिदा’ उनका लागि विशेष छ । कारण, यो चलचित्रमा उनी मुस्लिम धर्म मान्ने यूवतीको भूमिकामा छिन् । उसो त अनितालाई मुस्लिम धर्मको बारेमा थाहा नै नभएको भने होइन । उनी पनि कैयौ पटक मस्जिद पुगेकी छिन् । मुस्लिम यूवतीको भूमिकामा काम गर्दा रमाइलो भएको अनुभव उनले सुनाइन् ।

यता, निर्माता हसनराजा खान भने चलचित्रमा हिन्दु धर्म मान्ने पात्रमा देखिएका छन् । उनलाई लाग्छ, नेपालमा मुस्लिम समाजलाई हलसम्म तान्ने चलचित्र बनेका छैनन् । हसनले भने-‘नेपालमा ९ प्रतिशत मुस्लिम धर्म मान्ने जनता छन् । तर, उनीहरु नेपाली चलचित्र हेर्न हलसम्म आउँदैनन् । ‘अलबिदा’ले उनीहरुलाई हलसम्म तान्नेछ ।’hasan-khan

निर्देशक लक्ष्मण रिजालले भने यो चलचित्रलाई धर्मसँग जोड्न नमिल्ने बताए । उनका अनुसार, चलचित्रमा पात्रहरु विभिन्न धर्म मान्ने भएतापनि कथावस्तु प्रेममा केन्दि्रत छ ।

पौष २५ गतेबाट प्रदर्शनमा आउन लागेको यो चलचित्रमा आर्यन सिग्देल पनि छन् । आर्यनले यो चलचित्रका लागि आफूले ७ केजी तौल घटाएको बताए । उनले आफू यो चलचित्रमा डीएसपीको भूमिकामा देखिएको बताए । आर्यनले भने-‘यो चलचित्रमा मैले अहिलेसम्मकै चित्तवुझ्दो एक्सन गरेको छु ।’ ‘अलबिदा’मा गर्न पाएको एक्सनले आफूलाई सन्तुष्टी मिलेको आर्यनले बताए । aaryan-sigdel

नेपालमा पहिलो पटक आफूहरुले यस्तो कथामा चलचित्र निर्माण गरेको दाबी यसको निर्माणपक्षले गरेको छ । उनीहरुको दाबीलाई दर्शकले कत्तीको सफल बनाउने हुन्, पौष २५ लाई नै कुर्नुपर्नेछ । anita-muslim

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment