+
+

कस्तो रहयो खान स्टारको वर्ष २०१४ ?

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष १७ गते १०:४०

salman_khan_amir_khan_shahrukh_khan_film_starमुम्बर्इ । बलिउडमा तीन खान (अमिर, सलमान र शाहरुख)ले बिगत एक दशकदेखि राज गर्दै आएका छन् । यस वर्ष सलमान खानको ‘जय हो’ र ‘किक’ प्रर्दशन भ एभने शाहरुख खानको ‘ह्याप्पी न्यु इयर’ र अमिर खानको ‘पिके’ प्रदर्शनमा आए ।

तीन खानको आ-आफ्नै छवि छ र त्यहीअनुसार उनीहरु फिल्म खेल्छन् । दुईवटा फिल्म रिलिज भएका कारण सलमानले अन्य दुई खानले भन्दा धेरै कमाए । सोही कारण उनी धेरै कमाउने भारतीय कलाकारको पहिलो नम्बरमा परे । एउटै फिल्मबाट धेरै कमाउने चाहिँ अमिर खान भए । उनले फिल्म पिके अहिले पनि हलमा चलिरहेको छ ।

बक्स अफिस इण्डिया म्यागजिनका अनुसार भारतमा ‘जय हो’ ले १०८ करोड रुपैयाँ कमाएको थियो । सलमानकै अर्को फिल्म ‘किक’ ले २१८ करोड रुपैयाँ कमाएको थियो । वर्षको अन्तिम समयमा सिनेमा हलमा प्रदर्शनरत ‘पिके’ले भारतमा मात्रै १८१ करोडको कारोवार गरेको छ । जबकि शाहरुख खानको ह्याप्पी ‘न्यु इयर’ले १८८ करोड रुपैयाँ कमाइ गरेको थियो ।

अक्षय, अलिया र ऋतिक पनि प्रभावशाली

गएको वर्ष राम्रो कमाइ गर्ने फिल्ममा अक्षय कुमारको ‘होलीडे’ पनि हो । उक्त फिल्मले ११० करोड रुपैयाँ कमाइ गरेको थियो । अलिया भट्ट र अर्जुन कपुरको ‘२ स्टेट्स’ ले पनि १०२ करोड रुपैयाँ कमायो । अजय देबगणको ‘सिंघम रिर्टन्स’ ले १४० करोड कमाइ गरेको थियो भने ऋतिक रोशनको ‘बैंग बैंग’ले १४४ करोड कमायो ।

बर्षका बेजोड कलाकार

नसीरुद्धिन शाह :यो बर्ष ‘डेढ इश्किया’ र फाइण्डिङ फन्नी’ मा काम गरेका नसीरुद्धिन शाहको अभिनयको चौतर्फी तारिफ भयो । ती दुबै फिल्ममा उनले केही नयाँ शैलीको अभिनय गरेका थिए । त्यसो त उनले यसै वर्ष आत्मकथा पनि लेखेका थिए । जुन पुस्तकलाई धेरैले मन पराए ।

अलिया भट्ट : गएको वर्ष अलिया भट्टले हाइवे, ‘२ स्टेट्स’ र ‘हम्प्टी शर्मा कि दुल्हनियाँ’ मा अभिनय गरिन् । केही समिक्षकको भनाइ अनुसार अलिया यहि रफ्तारमा चलिन् भने केही वर्षमै उनी बलिउडको नम्बर वान हुनेछिन् । अलियाको सामाजिक सञ्जालमा समेत प्रभाव बढ्दो छ ।

नायिका प्रधान फिल्म

नायिका प्रधान फिल्मको हकमा वर्ष २०१४ गज्जब रहयो । गएको वर्ष शसक्त महिला चरित्रवाला केही फिल्म प्रदर्शन भए ।प्रियंका चोपडाको मेरी कोम, रानी मुखर्जीको मर्दानी, माधुरी दिक्षितको डेढ इश्किया, जुही चवला एवं माधुरी दिक्षितको गुलाब ग्याङग नारी प्रधान फिल्मका रुपमा चिनिए ।

त्यस्तै विद्या बालानको बाबी जासुस्, कंगना राणबतको क्वीन, र रिवल्वर रानी को पनि राम्रै चर्चा भयो । यी फिल्म निर्माण भए लगत्तै बलिउडमा अर्को बहस सुरु भएको छ-के बलिउडमा हिरो विना पनि फिल्म बन्छ र दर्शकले मन पराउछन् ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?