Comments Add Comment

मोबाइलबाटै इन्टरनेट चलाउँछन ८९ लाख नेपाली

mobile

१८ पुस, काठमाडौं । टेलिफोन सेवा प्रदायक कम्पनीहरुले इन्टरनेट सेवालाई प्राथमिकता दिन थालेसँगै मोबाइलबाट इन्टरनेट चलाउने ग्राहकको संख्या ह्वात्तै बढेको छ ।

नेपाल दूरसंचार प्राधिकरणको पछिल्लो तथ्याङ्कअनुसार असोज मसान्तसम्म ९३ लाख ४८ हजार ८ सय ५६ मानिस इन्टरनेटको पहुँचमा आइसकेका छन् । जसमध्ये ८८ लाख ९४ हजार ७ सय ९२ जनाले मोबाइलबाट इन्टरनेट चलाउँछन् । यो संख्या कुल इन्टरनेट प्रयोगकर्ताको ९५ प्रतिशत हो ।

नेपाल टेलिकम र एनसेलले जीपीआरएस र सिडिएमए इन्टरनेट सेवालाई पहिलो प्राथमिकतामा राखेर विस्तार गरिरहेका छन् । यही कारण दुर्गम ग्रामिण क्षेत्रसम्म फैलिएको मोबाइलमा इन्टरनेट चलाउने ग्राहकहरु हृवात्तै बढेका छन् ।

मोबाइलमा इन्टरनेट चलाउने मानिसको संख्या अघिल्लो असोजदेखि यस असोजसम्म १९ लाख ३३ हजारले बढेका छन् । अघिल्लो असोजमा ६९ लाख ६० हजार ८ सय ९४ जनाले मोबाइलबाट इन्टरनेट चलाउँथे । यस असोजमा आइपुग्दा प्रयोगकर्ता झण्डै ८९ लाख पुगेका छन् ।

कुन सेवाका कति ग्राहक ?

Services Internet Users (Ashoj-2070) Internet Users (Ashoj-2071)
Dialup (PSTN +ISDN) 14,967 14,806
Wireless Modem, Optical Fibre Ethernet 61,207 64,303
Cable Modem 17,815 34,280
ADSL 103,462 137,053
GPRS,EDGE,WCDMA 6,960,894 8,894,792
CDMA 1X, EVDO 235,838 193,317
WiMAX 4,451 10,305
Total 7,398,634 9,348,856
rnet Penetration (%) 27.92 35.28

अहिले गाउँमा पनि मोबाइलमा इन्टरनेट चलाउन सकिन्छ । मानिसहरु विदेशमा गएका आफन्तहरुसँग गाउँबाटै मोबाइलबाट भाइवर, स्काइप, फेसबुक लगायतबाट कुराकानी गर्न थालेका छन् ।

सरकारी स्वामित्वको नेपाल टेलिकम र निजी स्वामित्वको एनसेलले मोबाइलमा इन्टरनेट सेवा उपलब्ध गराइरहेका छन् । अहिले मोबाइलबाट उपभोक्ताले जीपीआरएस, इडिजीइ र डब्लुसिडिएमए इन्टरनेट सेवा प्रयोग गर्दै आएका छन् ।

इन्टरनेटमा पठनीय नेपाली सामाग्रीको बृद्धि, बिदेशमा आफन्तसँगको सम्पर्क र सस्तो मूल्यका स्मार्टफोनको उपलब्धताले मोबाइल इन्टरनेटको विस्तारमा महत्वपूर्ण भूमिका खेलिरहेका छन् ।

data

टेलिकम हावी, आइएसपीको हिस्सा गिर्दो

नेपाल टेलिकम, एनसेल, युटिएल र इन्टरनेट सर्भिस प्रोभाइडरहरुले ७ प्रकारको इन्टरनेट तथा डाटा सेवा उपलब्ध गराउँदै आएका छन् । जसमध्ये अधिकांश हिस्सा टेलिकम र एनसेलको रहेको छ ।

पछिल्ला बर्षहरुमा इन्टरनेट सर्भिस प्रोभाइडर (आइएसपी)हरुको बजार हिस्सा भने तिब्ररुपमा घट्दै गइरहेको छ । वर्ल्ड लिंक, वेभ सर्फर, सुबिसु लगायतका कम्पनीहरुले आक्रामक बजार विस्तार गरिरहेको भए पनि आइएसएपीको हिस्सा कुल इन्टरनेट प्रयोगकर्ताको १.१६३ प्रतिशत मात्र देखिन्छ ।

नेपाल टेलिकमले डायलअप, एडीएसएल, जिपिआरएस, इडिजीइ, डब्लुसिडिएमए, सिडिएमए १एक्स, इभिडियो र वाइम्याक्स सेवा उपलब्ध गराउँदै आएको छ । त्यस्तै, एनसेलले जिपिआरएस, इडिजीइ र अन्य सेवा प्रदायकले डायलअप, वायरलेस मोडियम, अप्टिकल फाइबर इन्टरनेट र केवल इन्टरनेट सेवा उपलब्ध गराइरहेका छन् ।

इन्टरनेट सेवा प्रदायकका ग्राहक संख्या

Subscribers Internet Users (Ashoj-2070) Internet Users (Ashoj-2071)
NDCL 3,560,605 5,049,556
UTL 99,265 56,744
NCELL 3,649,545 4,133,826
ISPs 89,219 108,730
TotaL 7,398,634 9,348,856

कुन सेवाका कति ग्राहक ?

प्राधिकरणका अनुसार डायलअप सेवाका १४ हजार ८ सय ६ ग्राहक पुगेका छन भने वायरलेस मोडियम तथा अप्टिकल फाइबर इन्टरनेटका ६४ हजार ३ सय ३ जना ग्राहक पुगेका छन् ।

त्यसैगरि, केवल मोडियमका ३४ हजार २ सय ८०, एडीएसएलका १ लाख ३७ हजार ५३, जिपिआरएस, इडिजीइ, डब्लुसिडिएमएका ८८ लाख ९४ हजार ७ सय ९२, सिडिएमए १एक्स र ई-भिडीयोका १ लाख ९३ हजार ३ सय १७ र वाइम्याक्सका १० हजार ३ सय ५ जना ग्राहक पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment