Comments Add Comment

दिलिप भन्छन ‘अब म चुप लागेर बस्दिन’

dilip raymajhi
काठमाडौं । कुनै बेलाका चर्चित चकलेटी नायक दिलिप रायमाझी ‘कमब्याक’का लागि निकै मेहेनत गरिरहेका छन् ।
तुलसी घिमिरे निर्देशित ‘दर्पण छायाँ’मा काम गरेपछि निकै चर्चामा रहेका दिलिपले त्यसपछि ‘मुस्कान’ ‘अजम्बरी नाता’ ‘मलाइ माफ गरिदेऊ’ लगायत ६० वढी फिल्ममा काम गरे ।
फिचर फिल्ममा मात्रै हैन, कतिपय राम्रा गीतमा मोडलिङको प्रस्ताव समेत उनैलाइ आउथ्यो । १० वर्ष अगाडी एउटै फिल्ममा काम गरेवापत चार लाखसम्म पारिश्रमिक लिने दिलिप पछिल्लो समय लगभग बेकामी साबित भए ।
एक दशकपछि फेरी सिनेनगरीमा जम्ने कोसिसमा रहेका उनले काम नपाएको नभई काम नगरेको दावी गरे । ‘प्रस्ताव नआएको हैन, म आफैले काम नगरेको हुँ ।’ उनले भने ।
चलचित्र ‘गोरे’ सुटिङ सकाएका दिलिप रायमाझी शनिवार झापा पुगेका छन् अर्को फिल्म ‘अग्नी’ को सुटिङका लागि । अरु केही फिल्मवाट पनि प्रस्ताब आएको उनले दावी गर्दै उनले भने- ‘अब चुप लागेर बस्दिन ।’
पछिल्लो समय उनले अभिनय गरेको बिधवा प्रदर्शन भइसकेको छ भने ‘लोग्ने मान्छे’ प्रदर्शन हुने तयारीमा छ । दर्शकले फेरी पुरानै शैलीका कथा मन पराएको अनुभव गरेका दिलिप आफुलाई स्वीकार्नेमा आशाबादी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment