Comments Add Comment

‘पीके’ ३ सय करोड कमाउने बलिउडकै पहिलो चलचित्र

aamir khan pk
विभिन्न खालका विवाद, विरोधका विच राजकुमार हिरानीको निर्देशनमा बनेको चलचित्र ‘पीके’ले भारतमा मात्र ३ सय करोड माथिको व्यापार गरेको छ । भारतमा कुनै चलचित्रले पहिलो पटक ३ सय करोड नेट व्यापार गरेको यो पहिलो रेकर्ड हो । यसअघि ‘धुम ३’ले २ सय ८० करोडको व्यापार गरेको थियो ।

बलिउड नायक आमिर खानले आफ्नो रेकर्डलाई तोडेका छन् । बलिउडमा अब यो चलचित्रसँगै ३ सय करोडको क्लब पनि सुरु भएको छ । यो चलचित्रले आइतबारसम्म भारतीय बक्स अफिसमा ३ सय ६ करोडको आँकडा छोएको छ ।
बलिउडमा अमिर खान १, २ र ३ सय करोड क्लब स्थापना गर्ने नायक हुन् ।

उनले अभिनय गरेको चलचित्र ‘गजनी’ले पहिलो पटक भारतमा १ सय करोडको ब्यापार गरेको थियो । यस्तै, उनकै चलचित्र ‘थि्र इडियट्स’ ले भारतमा पहिलो पटक २ सय करोडको व्यापार गरेको थियो । अब, अनुष्का शर्माले समेत अभिनय गरेको ‘पीके’ले पहिलो पटक ३ सय करोडको रेकर्ड बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment