Comments Add Comment

डीसी पनि नयाँ बर्षमै भिड्ने, चैत्र २७ मा चलचित्रको ‘महायुद्ध’

ffmt
नयाँ बर्ष २०७२ को छेकोमा नेपाली चलचित्रको महायुद्ध नै हुने भएको छ । एकपछि अर्का ठूला ब्यानरका चलचित्रले यो मितिमा प्रदर्शनको तयारी थालेका छन् । यसअघि नै निर्माता छविराज ओझा र विकास आचार्यको चर्चामा रहेका २ चलचित्र भिड्न तयार भएका थिए । अब, निर्माता तथा निर्देशक दीनेश डीसी पनि यो युद्धमा सहभागी हुने भएका छन् ।

डीसीले निर्माण तथा निर्देशन गरेको चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’ले पनि चैत्र २७ मा प्रदर्शन मिति तय गरेको छ । चलचित्रको प्रदर्शन यही मितिमा हुने आधिकारीक जानकारी निर्देशक दीनेश डीसीले दिएका छन् । नीता ढुंगाना र आमेष भण्डारीको मुख्य भूमिका रहेको यो चलचित्रले प्रेमको कथा भन्छ ।

यो चलचित्रलाई मनोज राठी र उज्ज्वल पौडेलले वितरण गर्नेछन् । यो मितिमा छविराज ओझाको ‘हवल्दार सुन्तली’, विकास आचार्यको ‘नाई नभन्नु ल ३’ र निर शाहको ‘सेतो वाघ’ प्रदर्शनमा आउने पक्का भैसकेको थियो ।

दीनेश डीसीको यो चलचित्रलाई पनि धेरैले प्रतिक्षा गरेका छन् । तर, ४ ठूला चलचित्रको महायुद्धले नेपाली चलचित्र क्षेत्रलाई भने फाइदा गर्दैन ।

चैत्र २८ गते पर्ने शनिबार र नयाँ बर्षको दिनमा बिदा परेकाले पनि निर्माताहरु ठूलो आम्दानीको आशमा चलचित्र प्रदर्शन गर्छन् । तर, एकसाथ ४ ठूला बिग ब्यानरका चलचित्र आउँदा फाइदा कसलाई होला, प्रतिक्षा गर्नैपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment