Comments Add Comment

२०१५ मा कुन कलाकारको योजना के छ ?

नयाँ वर्षको प्रारम्भसँगै हरेकले नयाँ-नयाँ योजना बनाउँछन् । यो मामिलामा बलिउड कलाकारहरु पनि अछुतो छैनन् । सन् २०१५ मा अघिल्ला वर्षको तुलनामा राम्रो काम गर्नुपर्ने मान्यतामा सहमत छन् शाहरुख खानदेखि कटि्रना कैफसम्म ।

तर, उनीहरुले बिल्कुल मौलिक र उत्पात राम्रो योजना बनाएका छैनन् । कोही आमा बन्ने योजनामा छन, कोही मित्रता सुधार गर्ने योजनामा त कोही पुनरागमनको योजनामा । ‘टाइम्स अफ इण्डिया’ ले केही कलाकारको नयाँ बर्ष योजना समेट्दै तयार पारेको समाचारको भावानुवाद-
srk-abram
कान्छो छोराको ट्वीटर खोल्दै शाहरुख

अभिनेता शाहरुख खानले यो वर्ष कान्छो छोरा अब्राहम खानको ट्वीटर एकाउण्ट खोल्ने योजना बनाएका छन् ।

भारतीय दर्शकले अब्राहमलाई पनि माया गरेको बुझेका अभिनेता खान अब्राहमलाई बेलैमा समाजसँग जोड्न चाहन्छन् । उनलाई लागेको छ यो आफैमा एउटा उपहार हुनसक्छ दर्शकका लागि ।

शाहरुख र सलमानको सम्बन्ध घाम पानी जस्तै छ । कहिले असाध्यै राम्रो कहिले त्यत्तिकै नराम्रो । उनीहरुलाई सम्बन्ध सुधार्न र बिगार्न खास कारण चाहिदैन पनि ।
तर, यस वर्ष सकेसम्म सम्बन्ध नबिगार्ने पक्षमा छन् शाहरुख । एउटै फिल्ममा काम गर्ने मेसो मिलाउनमा दुबै ब्यस्त हुने भएका छन् ।
Kajol

पुनरागमनको तयारीमा काजोल

राम्रै ब्यानरवाट अभिनयमा पुनरागमन होस् भन्ने चाहन्छिन् अभिनेत्री काजोल । डच टिभीले निर्माण गर्ने ‘पिनोजा’ मा पनि काम गर्ने योजना छ उनको ।

यो वर्ष दर्शकलाई एउटा राम्रो फिल्म दिने योजनामा रहेका सेफ अलि खानले अझै राम्रो स्त्रिmप्ट भने भेटेका छैनन् । ‘ओमकारा’ जस्तै अर्को फिल्म पनि आयो भने आफ्नो क्रेज पुनः स्थापित हुन्छ भन्ने मान्यता राख्ने सेफले ‘ह्याप्पी इण्डिङ’ र ‘ककटेल’ले आफ्नो करिअरलाई राम्रै गरेको बुझेका छन् ।
ranbir-and-katrina

बिहे हुन सक्छ कट्रिना र रणबीरको

कटि्रना कैफ र रणबीर कपुरले यहि वर्ष बिबाह गरे भने आश्चर्य हुने छैन । पछिल्लो केही वर्ष यता उनीहरु रोमान्समा मस्त छन् भने, दुबैको परिवारले बिबाहका लागि दबाब दिइरहेको छ । कैटकी आमाले रणबीरलाई बिबाहका लागि दबाब दिएपनि रणबीरले भने टार्दै आएका छन् ।
Karina-Kapur
चमेलीको खोजीमा करिना

हिन्दी फिल्म ‘चमेली’ मा अभिनय गरेकी करिना कपुरले चौतर्फी प्रसंसा पाएकी थिइन् । उनी चाहन्छिन- यो वर्ष अर्को चमेलीमा काम गर्ने अवसर मिलोस् ।  पछिल्लो केही वर्ष बेजोड चरित्र निर्वाह नपाएको धारणा राख्ने करिना भन्छिन ‘यो वर्ष म अर्को चमेलीमा काम गर्न चाहन्छु ।’

केही गम्भिर प्रकृतिका फिल्ममा अभिनय गरेकी विद्या वालान पनि बिबाह गरेपछि अभिनयवाट अलि टाढिएकी छिन् ।

bidhya
सन् २०१२ मा सिद्धार्थ राय कपुरसँग बिबाह गरेकी विद्याले यसपाली कपुर खान्दानको घरमा खुसी ल्याउने भनेर केही मिडियाले उल्लेख गरेका छन् । उनी गर्भवति भएको खबरसँगै उनको सन्तान नै कपुर खान्दानको खुसी हुने अनुमान पनि गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment