मुम्बई । कमेडी शो सुरु गरेर आम दर्शकको मनमा बस्न सफल भारतीय हाँस्य कलाकार कपिल शर्माको सानो पर्दामा देखिने समय कटौती भएको छ ।
अहिले हप्तामा दुई दिन प्रशारण हुँदै आएको ‘कमेडी नाइट वीथ कपिल शर्मा’ अब हप्तामा एक दिन मात्रै प्रशारण हुने भएको छ ।
क्रिएटिभ प्रोड्युसर प्रीति सीमोसले ट्वीटरमार्फत यो जनाकारी दिएपछि सानो पर्दामा कपिलको शो घट्ने पक्का भएको हो ।
कपिल शर्माले अब आइतवार राती मात्रै दर्शकलाई हँसाउनेछन् । उनको शो कटौति हुनुको मुख्य कारण ठूलो पर्दामा उनको प्रवेश र ब्यस्तता रहेको बताइएको छ ।
अहिले कपिल अब्बास मस्तानको फिल्म ‘किस किसको प्यार करुँ’ मा ब्यस्त छन् । यस चलचित्रमा अमिताभ बच्चन, अलिया भट्ट लगायतका कलाकार रहेका छन् ।
यो फिल्म खेल्नु अघि यसराज ब्यानरको फिल्म ‘बैक चोर’ मा काम गर्ने योजनामा थिए उनी ।
‘बैक चोर’मा काम गर्न समय नमिलेपछि अब्बासको फिल्ममा सहभागी भएका थिए । विस्तारै ठूलो पर्दामा जम्ने योजनामा रहेका कपिलले टीभी कार्यक्रमको समय छोटाउन लागेका हुन् ।
प्रतिक्रिया 4