Comments Add Comment

राँकेको घ्यू र डल्ले खुर्सानीले मोहनी लगायो रामकृष्णलाई

ramkrishan 1
काठमाडौ । गायक रामकृष्ण ढकाल सफाचट देखिन्छन् । सुकिलो पोशाक र मिठो बोली उनको विषेशता हो । कार्यक्रम प्रस्तुतिको सिलसिलामा स्वदेशदेखि बिदेशका सुविधा सम्पन्न शहर चहारेका छन् उनले । धेरै देशका ब्राण्डेड पहिरन लगाएका छन, थरिथरिका डिस चाखेका छन् ।

तर, पनि उनलाइ नेपालका ठेट उत्पादन असाध्यै मन पर्छन । पछिल्लो समय सांङ्गीतिक टुरका लागि पूर्वदेखि पश्चिमसम्म डुलेका ढकालले पाँचथरको राँकेको घ्यू र डल्ले खुर्सानीले मोहनी लगाएको बताए ।

इलामसँग छुट्टै खालको सम्बन्ध छ ढकालको । नारायण गोपालदेखि इलामको चियावारीसँग समेत भावनात्मक सम्बन्ध भएको बताउने ढकाललाई लाग्छ- ‘नेपालका हरेक गाउँ मौलिकताले भरिपूर्ण छन् ।’

ramkrishna 3उनलाई माछा मन पर्दैन । तर, गैंडाकोटमा रहेको ‘हिमालयन ढिंडो’ मा पुगेपछि भने माछा नै खान्छन् । दाउन्नेको लोकल कुखुरावाट परिचित ढकालले कैलाली, नेपालगञ्ज, सुर्खेत लगायतका शहरमा हरेक मौलिक बस्तु भएको सुनाए ।

‘मलाई त लाग्छ हाम्रा हरेक सदरमुकाममा छुट्टा-छुट्टै विषेशता भेटिन्छन । जुन कुरा अन्य मुलुकमा भेटन गार्‍है हुन्छ ।’

विभिन्न जिल्लामा भएका औद्योगिक महोत्सब र अंग्रेजी नयाँ वर्षको अवसरमा आयोजित कार्यक्रममा देश दौडाहमा लागेका ढकालले कतिपय जिल्लामा दर्शकसँग साक्षात्कार गरे ।

‘केही जिल्लामा लामो ग्यापछि पुगेको थिएँ दर्शकसँग भेट्न पाउँदा निकै रमाइलो लाग्यो ।’ अनलाइनखबरसंग कुरा गर्दै उनले भने ।

तन्नेरीको राज सोध्छन्

उनी जति ठाउँमा स्टेज कार्यक्रमका लागि भनेर पुगे, बालकदेखि बृद्ध उमेरसम्मका दर्शक झुम्मिन्थे । २०/२२ वर्षका केटाकेटी मध्ये कतिले सोच्दा रहेछन् ‘रामकृष्ण ढकाल त बुढा भैसके ।’

तर, ढकालको चकलेटी आकृति अझै बाँकी छ । स्टेजमा उनको प्रस्तुति हेरिसकेपछि भेट्ने बित्तिकै दर्शकहरुले सोध्ने गरेका रहेछन ‘तपाइ त झन-झन् तन्नेरी पो देखिन थाल्नु भो, कसरी ?’

यी गीत गाउनैपर्छ

स्टेज कार्यक्रममा पनि ठाउँ हेरेर गीत गाउनुपर्ने मान्यता छ उनको । पूर्व र पश्चिमका दर्शकलाई एउटै गीत मन पर्छ भन्ने छैन । त्यसकारण ठाउँ हेरेर गाउनुपर्छ भन्ने उनले बुझेका छन् ।

तर, उनका केही गीत यस्ता छन् । जसलाई नगाई सुखै पाउदैनन् । बिहान उठ्ने बित्तिकै…, ओराली लागेको…, मन पराउने …चरीले त छाडेर गैहाली …जस्ता गीत जुन ठाउँका दर्शकलाई पनि उत्तिकै मन परेको पाए उनले ।  ‘बाचुञ्जेलीलाई’ देखि हालसालै आएको ‘मेरी मनुलाई’ पनि उत्तिकै मन पराउँछन् ।
Ramkrishna 2
बाबु छोरी एउटै स्टेजमा
१५ वर्षपछि स्टेजमा गाउनका लागि शिलगुढी जाँदैछन् । त्यहाँ रहेेका नेपाली भाषीको निम्तामा जान लागेका ढकालले छोरी रानीलाई लैजाने बताए । ‘शिलगुढीवाट रानीको पनि माग भएको छ हामी बाबुछोरी नै स्टेजमा गाउँछौं ।’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment