+
+
Shares

माइकल ज्याक्सनका फ्यानको भिडियो

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष २३ गते १०:१०

prashant copyकाठमाडौं । पपस्टार माइकल ज्याक्सनको थ्रीलर शैलीवाट प्रभावित नवोदित गायक प्रशान्त पौडेलको नयाँ भिडियो बजारमा आएको छ ।

‘तरस तरस…बोलको गीत गाएका प्रशान्त आफ्नो गीत साइकोडेलिक थ्रीलर प्याटर्नको भएको बताउँछन् । उनको भनाइ अनुसार यो शैलीको गीत नेपालमा पहिलो हो ।

अंग्रेजी भाषामा गीत गाएका प्रशान्तले तन्नेरी पुस्ताका स्रोताले आफ्नो गीत सुनेर मनोरञ्जन लिएकोे दाबी गरे ।

अंग्रेजी भाषामा गाएका प्रशान्त ज्याक्सनको मुनवाक र ब्रेक डान्सवाट प्रभावित छन् । उनले भिडियोमा पनि ज्याक्सनको शैलीलाई फलो गर्ने प्रयास गरेका छन् ।

गीतमा रोबिन गौतम र प्रशान्तको संगीत रहेको छ भने स्वर प्रशान्तले दिएका छन् । केशब खड्काको निर्देशन रहेको भिडियोमा प्रशान्त र दीपा रानाले मोडलिङ गरेका छन् ।

विभिन्न स्टेजहरुमा ज्याक्सनकै स्टाइलमा डान्स गरेका प्रशान्त ज्याक्सनको डान्स शैलीलाई नेपालमा स्थापित गराउने योजनामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?