Comments Add Comment

बाथरुममै प्राण त्यागेका चर्चित कलाकार

मुम्बई । भनिन्छ कलाकारको जति रंगीन जीवन अरु कसैको हुन्न । जिउँदो छउन्जेल त हरेक देशका कलाकार सम्मानित हुन्छन् नै, मृत्यपछि पनि गच्छेअनुसारको सम्मान पाएकै हुन्छन् । मृत्युपछि पनि सम्मानित हुने तिनै कलाकार मध्ये कतिपयको मृत्यु दर्दनाक अबस्थामा आफ्नै बाथरुममा भएको रहेछ । यसरि बाथरुममा मृत्यु वरण गर्नेहरुमा अधिकांका लागूऔषध प्रयोगकर्ता छन् ।

बाथरुममै प्राण त्याग गरेका बलिउडदेखि हलिउडसम्मका कलाकारका वारेमा ‘टाइम्स अफ इण्डिया’ तयार पारेको सूची यस्तो छ-
whitelyप्रसिद्ध अभिनेत्रीका रुपमा चिनिन्थिन् पि्रया राजवंश । सन् २००० मा फिल्म निर्माता चेचन आनन्द को बैंगलोरमा रहेको रुइया पार्क बंगलाको बाथरुममा उनलाई मृत भेटिएको थियो ।

अमेरिकी गायिका एवं अभिनेत्री व्हिटनी ह्युस्टन सुन्दर महिला मध्येकी एक हुन् । अमेरिकाको लस एन्जल्समा रहेको बेभर्लीे हिल्टन होटलको बाथ टपमा उनको मृत शरीर भेटिएको थियो । उनको निधन हुँदा उनि ४८ वर्षकी थिइन् ।

बाथरुममा लडेर ज्यान गुमाउने गायक हुन् एल्विस प्रेस्ली । रक एण्ड रोलको राजा मानिने प्रेस्लीलाई बाथरुममा लडिरहेको अवस्थामा भेटिएको थियो । उनी ड्रग्सको कुलतमा फसेका थिए । शौचालय गएको बेला बेहोस भएर ढलेको अनुमान गरिएको छ ।

नशालु दबाइ र रक्सिकै कारण २७ वर्षकै उमेरमै ज्यान गुमाएकी थिइन् एम्मी वीनहाउसले ।

nakkali-micalपप किङ्ग माइकल ज्याक्सन पनि बाथरुममै मृत भेटिएका थिए । साङ्गीतिक टुर सुरु गर्ने अघिल्लो दिन मृत भेटिएका ज्याक्सनको मृत्यु हाइडोजको औषधिको कारण भएको थियो ।

हलिउड स्टनर बि्रटनी मर्फी पनि बाथरुममा मृत अवस्थामा भेटिएकी थिइन् । सन् २००९ मा उनको निधन भएको थियो । फिचर फिल्म ‘बेकआउट’ मा काम गरेपछि ठूलो पर्दामा उनको माग बढेको थियो ।

‘द डोर्स’ को लीड गायक थिए जीम मोरिसन । सन् १९७१ मा बाथरुममा चोटग्रस्त अवस्थामा उनको मृत शरीर भेटिएको थियो ।  छाती, नाक, मुख लगायत शरीरको विभिन्न भागमा रगत लतपतिएको अवस्थामा उनी भेटिएका थिए ।

अत्याधिक रक्सी पिएकै कारण जापानी कलाकार उसीगी केन्सहीको पनि बाथरुममै निधन भएको थियो । सन् १९४४ मा नायिका लुप भेल्जा को ट्वाइलेटमा टाउको डुबेर मृत्यु भएको थियो ।

फ्रान्सेली पप सिंगर क्लाउड फ्रान्कोसिस्को सन् १९७८ मा बाथरुममै निधन भएको थियो । पेरिसमा रहेको एउटा अपार्टमेन्टमा मृत भेटिएका क्उड मृत अवस्थामा पनि उभिएकै भेटिएका थिए ।

सन् २०१३ मा इटलीको एक होटलमा मृत्यु भएको थियो जेम्स ग्याण्डोल्फिनीको । बाथरुममा लडेको अवस्थमा उनकै छोराले भेटेका थिए उनलाई ।

न्यूयोर्क प्रहरीले दाबी गरेअनुसार कलाकार फिलिप सेमुर हाफम्यानले ड्रग्स सेवनपछि वाथरुममा गएर प्राण त्याग गरेका थिए ।

अर्का कलाकार जेम्स रेमीको पनि बाथरुममै निधन भएको थियो । हृदयघातवाट निधन भएको उनको मृत शरीर होटलको वाथरुममा भेटिएको थियो ।
अभिनेता अल्बर्ट डेकरको हलिउडस्थित आफ्नै घरको बाथरुममा सन १९६८ मा निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment