Comments Add Comment

निर्देशकले यौन प्रस्ताव राखेको नायिकाको आरोप

munal-and-aausha-photo
नव-नायिका आयुषा राईले म्यूजिक भिडियो निर्देशक मुनाल शिशिर कोइरालाले आफुलाई यौन प्रस्ताव राखेको आरोप सार्वजनिक गरेकी छिन् ।

‘बिर्खेलाई चिन्छस्’ कि नायिका आयुषाले सामाजिक सञ्जाल फेसबुक मार्फत निर्देशक कोइरालाले गरेको प्रस्ताव सार्वजनिक गरेपछि निर्देशक कोइरालाको नियतमा विषयमा प्रश्न गर्नेहरु बढेका छन् ।
निर्देशक कोइरालाले आयुशालाई तीन महिनामा नेपालको टप नायिका बनाइदिने आश्वासन दिनुका साथै फिलिङ्गमा सुत्नुपर्ने सर्त राखेका थिए ।

आयुषाले फेसबुक मार्फत सार्वजनिक गरेको स्टाटसमामा कोइरालाले के-के भनेका थिए र आयुषाले कस्तो जवाफ दिएकी छिन् पनि स्पष्ट छ ।

पटक-पटक भएको भेटमा निर्देशक कोइरालाले आफुले धेरै नायिकासँग काम गरेको भन्दै सुतेपछि हिट हुन समय नलाग्ने कुरा गरेका थिए ।

munal-aausha-chat

आयुषालाई भेटौं भनेर कोइराला म्यासेज पठाउँथे भने आयुषा बाहिर छु भनेर सन्देश पठाउँथिन् । निर्देशक कोइरालाको करतुतको विषयमा आयुषाले खुलासा गरेपछि फेसबुकमा निर्देशक कोइरालालाई कारवाहीको दायरामा ल्याउनुपर्ने कुरा गरेका छन् ।

यस बिषयमा अनलाइनखबरसँग कुरा गर्दै निर्देशक मुनाल घिमिरेले आफूलाई यस्तो कुरा सुन्दा अचम्म लागेको खुलाए । मुनालले भने-‘मेनुका राइको एक गीतको भिडियोको पारिश्रमिक दिन मैले आयुषालाई मैतीदेवीको एक रेष्टुरेन्टमा भेटेको थिएँ । तर, बेलुकी अचानक यस्तो स्टाटस पढेपछि छक्क परेको छु ।’

उनले फेसबुकको च्याटमा आफूले उनलाई सम्बन्धको प्रस्ताव नराखेको भन्दै भने-‘उनलाई मैले काम गर्ने समयमा कलाकार र निर्देशकको विच सम्बन्धका कुराले झगडा पर्ने बताएको हुँ ।’ मुनालले आफूले काम गरेको पारिश्रमीक कलाकारलाई धेरै समय अड्काउनु हुँदैन भनेर बोलाएको बताए । ‘तर, यसलाई उनले किन यसरी अनर्थ रुपमा उचालिन् वुझ्न सकेको छैन’- मुनालले भने ।

मुनालले फेसबुकमा स्टाटस लेखेपछि आयुषाले फेरि स्टाटस लेख्दै मुनाललाई चाहेको भए आफूले प्रहरी र मिडिया लगेर नङ्ग्याउन सक्थे भन्दै अहिले त्यसो नगरेको जनाएकी छिन् । अन्य यूवतीहरु पनि यसरी नफसुन् भनेर सत्य बाहिर ल्याएको आयुषाले फेसबुकमा लेखेकी छिन् । यस बिषयमा आयुषासँग कुरा गर्न खोज्दा उनको फोन उठेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment