Comments Add Comment

नाटकमा राजाका कथादेखि ‘विसे नगर्ची’को सम्बन्ध सम्म

natak
नाट्यकर्मी कृष्ण शाह यात्रीको परिकल्पना एवं निर्देशनमा एकैसाथ तीन ओटा नाटकहरू मञ्चित भएका छन् । लियो टल्सटायद्वारा लिखित ‘द जस्ट जज’, भीमनिधी तिवारीद्वारा लिखित ‘बिसे नगर्ची’ र कृष्ण शाह यात्रीद्वारा लिखित ‘राइनो काफ’ नामक नाटकहरू एलए थिएटर क्लबबाट प्रस्तुत गरिएको हो ।

‘द जस्ट जज’ नाटकमा अल्जेरियाका एक राजा बौकासले आफ्नो देशका न्यायधिसले जनताका मुद्दाहरूमा कस्तो न्याय दिन्छन् भन्ने कुरा थाहा पाउन भेष बदलेर हिडेका हुन्छन् । एक बटुवालाई बौकासले आफ्नो घोडामा चढाएर सहर पुर्‍याएपछि बटुवा ओर्लन मान्दैन । बटुवाले चढिरहेको घोडा आफ्नो भएको दाबी गर्छ ।

न्यायधिस कहाँ मुद्दा पुगेपछि त्यसले नाटकीय मोड लिन्छ । अंग्रेजीमा प्रस्तुत गरिएको ‘द जस्ट जज’ लोक कथामा आधारित नाटक हो ।

नाटक ‘राइनो काफ’मा मान्छेहरूबाट भइरहेको जङ्गल अतिक्रमण र वन्यजन्तु शिकारीका कारणले जनावरहरू कसरी सुरक्षित ठाउँको खोजीमा पलायन भइरहेका छन् भन्ने कुरा देखाइएको थियो । यसैगरी नाटक ‘बिसे नगर्ची’ ऐतिहासिक पात्र बिसे र गोरखाका राजा पृथ्वीनारायण शाह बीचको सम्बन्धमा आधारित सामाजिक नाटक हो ।

निर्देशक यात्रीका अनुसार तीन दिन देखाइएको नाटकहरू पच्चीस सय दर्शकले अवलोकन गरेका थिए । तीनै नाटकमा थिएटर क्लबका श्रेया अग्रवाल, सहज प्रधानाङ्ग, नलीन मल्ल, गरिमा राय, न्हुज महर्जन, प्रकृति गिरी लगायत चालिस जना कलाकारको अभिनय रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment