२५ पुस, काठमाडौं । चार्ली हेब्डो आक्रमणमा संलग्न दुई आक्रमणकारी लुकेको आशंकामा प्रहरीले उत्तरी पेरिसको एक घर घेरा हालेको छ ।
आक्रमणकारी गोदाममा लुकेको र उनीहरुले एक व्यक्तिलाई बन्धक बनाएको बतायएको छ । फ्रन्सेली सञ्चार माध्यमहरुका अनुसार उक्त घर परिसबाट ३५ किलोमिटर टाढा दामार्टिन एनगोएला नामक शहरमा छ ।
उक्त क्षेत्रमा गोली चल्दा केही मानिस घाइते भएका छन् । पुसिलले कसैको मृत्यु नभएको बताएको छ ।
चार्ली हेब्डो पत्रिकामा १२ जनाको ज्यान जाने गरी आक्रमण भएपछि प्रहरीले आक्रमणकारीको पिछा गरिरहेको छ ।
यसअद्धि उत्तरी फ्रान्सको एक सर्भिस स्टेशनमा लुटपाट भएको थियो । खाना र पेट्रोल चोरी गरेर फायरिङ गर्दै दुई आक्रमणकारी भागेको बताइएको छ ।
चार्ली हेब्डो आक्रमणमा संलग्न भनेर समाजिक सञ्जालमा नाम आएपछि हमिद मुरादले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4