हलिउडमा रोमान्सका दृश्य सामान्य नै हुन् । चलचित्रको पर्दामा नायक-नायिका विचको अन्तरंग दृश्यले हलिउड चलचित्रलाई सधै चर्चामा ल्याउँछ । तर, हलिउडमा यस्ता पनि फिल्म छन जसले कामुकताको नयाँ मापदण्ड बनाइदिए ।
आजतकका अनुसार हलिउडदेखि चिनियाँ उद्योगसम्मका सर्वाधिक कामुक पाँच चलचित्र यस्ता छन् ।

बेसिक इस्टिक्टः सन् १९९२ मा प्रदर्शनमा आएको हलिउड चलचित्र बेसिक इस्टिक्टले निक कुरेन नाम गरेका एक प्रहरीको जिन्दगीलाई उठान गरेको छ । उनी एक रक स्टारको निर्मम हत्याको जाँचमा जुटेका हुन्छन् ।
तर, उनी हत्यामा सहभागी भएकी युवती क्याथरिनको प्रेममा पर्छन् । क्याथरिनको भूमिका शेरानले निर्वाह गरेकी थिइन् । १९९० को दशकमा सर्वाधिक कमाएको यो चलचित्रमा शेरानलाई न्यूड, सेमी न्यूड दृश्यमा देखाइएको छ । यो चलचित्रको सन् २००६ मा सिक्वेल पनि बनेको थियो । जसलाई उत्कृष्ट चलचित्रको अवार्ड पनि प्रदान गरियो ।
डेजर्स लिएसन्स: यो एक चाइनिज चलचित्र हो । निर्देशक हुर जिनको यो चलचित्रले एक धनी व्यापारी, सिरियल निर्माता र एक युवतीको कथालाई उठान गरेको छ । यो चलचित्रमा नायिकालाई थुप्रै पटक न्यूड अवतारमा देखाइएको छ ।
आइज वाइड शट: सन् १९९० मा प्रदर्शनमा आएको थि्रलर चलचित्र ‘आइज वाइड शट’ पनि कामुक चलचित्रमा पर्छ । डाक्टर बील हारफोर्ड र उनकी पत्नी एलिसको सम्बन्धको बिषयमा यो चलचित्र बनेको थियो । चलचित्रमा नायक टम क्रुज र नायिका क्याडिमेनले मुख्य भूमिका निर्वाह गरेका छन् ।
९१/२ : सन् १९८६ मा प्रदर्शनमा आएको ९१/२ नामक चलचित्र एलिजावेथ म्याकनिलको रचनामा आधारित छ । यो चलचित्र जोन ग्रे र विवाहित महिला एलिजावेथ म्याकग्राको शारीरिक सम्बन्धमा आधारित छ ।
लास्ट ट्याग्गो इन पेरिस : यो चलचित्र इटालीको रोमान्टिक नाटक लास्ट ट्याग्गो इन पेरिसमा आधारित छ । यो चलचित्रका मुख्य कलाकारको अन्तरंग दृश्यले यसलाई कामुक बनाएको छ । यो चलचित्रमा पल नामका एक व्यक्ती विना जानकारी एक महिलासँग शारीरिक सम्बन्ध राख्न पुगेको कथा देखाइएको छ ।
प्रतिक्रिया 4