Comments Add Comment

डिभिलियर्सले बनाए ३१ बलमा शतकको कीर्तिमान

AB-de-Villiers

४ माघ, काठमाडौं । दक्षिण अफि्रकाका व्याट्सम्यान एबी डिभिलियर्सले वन डे क्रिकेटमा सबैभन्दा कम ३१ बलमा शतक बनाएका छन् ।

वेष्ट इण्डिजविरुद्ध तेस्रो नम्बरमा व्याटिङ गर्न आएका डिभिलियर्सले १४९ रन बनाए ।

यसअघि न्यूजिल्याण्डका कोरी एण्डरसनले ३६ बलमा शतक बनाएका थिए । ट्वान्टी-२० मा क्रिस गेलले इण्डियन प्रिमियर लिगमा मात्र ३० बलमा शतक बनाएका थिए ।

३९ औं ओभरमा व्याटिङका लागि आएका उनले मात्र १६ बलमा अर्धशतक पुरा गरे । उनले सनथ जयसूर्याले बनाएको १९ वर्ष पूरानो कीर्तिमान तोडे ।

उनले मात्र ४४ बलमा नौं चौका र १६ छक्काको मदतमा १४९ रन बनाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment