+
+

सुजुकी जिक्सरले हात पार्‍यो दुई अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ ५ गते १३:२०

suzuki-gixxer-11
५ माघ, काठमाडौं । सुजुकी जिक्सर मोटरसाइकलले बाइक अफ दी अवार्ड जित्न सफल भएको छ । जिक्सले दुईवटा ब्लूमबर्ग टिभी अटोकार इन्डिया अवार्ड र एनडीटीभी कार एन्ड बाइक अवार्ड २०१५ हात पारेको हो ।

जिक्सर मोडल सुजुकीको फ्ल्यागसीप, पायोनियरिङ स्टाइल र उत्कृष्ट राइडिङ प्रफोमेन्स, कम तेलमा बढी माइलेज दिने बाइक हो । यीनै विशेषताको कारण यो रेञ्जका बाइकमा जिक्सरले दुईवटा अवार्ड हात पार्न सफल भएको हो ।

सुजुकी जिक्सर नेपाली बजारमा सन् २०१४ को सेप्टेम्बरमा बिक्री सुरु गरिएको थियो । यस अवधिमा यो बाइकले ग्राहकबाट राम्रो मायाँ पाएको सुजुकीको नेपालका लागि आधिकारिक बिक्रेता भिजी सुजुकीको दाबी छ ।

Jixar-Award

अहिलेसम्म नेपाली बजारमा एक महिनामा हजार थान जिक्सर बाइक बिक्री भइरहेका छन् । अवार्डले सुजुकी बाइक राम्रो भएको पुष्टी गरेको बताउँदै कम्प्नीका जनरल म्यानेजर अधिर कुमार श्रेष्ठले भोलीका दिनमा झनै राम्रो काम गर्न हौसला मिलेको बताए ।

यो बाइकको नेपाली बजारमा दुई लाख ३२ हजार ९ सय रुपैयाँ मूल्य रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?